SamwadKhabar logo

               

अर्थ व्यवसाय

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

Pramila Bhujel

Pramila Bhujel

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

चैत्र २५, काठमाडौंं । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले  रोजगारी पनि पाएका छन्।  

विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन्। गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको  गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो।

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ। सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताइन्।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक ५० हजार र गौदानबाट २५ हजार आम्दानी भइरहेको छ। सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताइन् ।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए। चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ। गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख, धनगढी उपमहानगरपालिकाबाट १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ।-रासस

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकु…