SamwadKhabar logo

समाचार

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

प्रमिला भुजेल

प्रमिला भुजेल

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउँदै कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका हुन् ।

उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

‘नेपाल सम्पदाको धनी देश हो। धनी देश भएपनि जनता गरिब छन्, पछौटे अवस्थामा छन्। युवाहरू बेरोजगार छन्। विदेश पलायन भइरहेका छन्। देशमा रोजगारी छैन। यसको खोजि गर्न आवश्यक छ। नेपालको अर्थतन्त्र उँभो लगाउनुछ भने सबैभन्दा पहिला कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ। कृषिजन्य वस्तुहरू नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्ने कुराको अन्त्य गर्नुपर्छ। सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ।’ उनले भने, ‘दूध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ। कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्नेछ। नेपालको विकासको इन्जिन दुई वटा क्षेत्र हुन्। एउटा जलविद्युत र अर्को पर्यटन हो। अन्त्यमा गएर पर्यटन नै हुनेछ।’

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि