SamwadKhabar logo

               

पत्रपत्रिका

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद शान्ति चाहदै

DEVRAJ RIJAL

DEVRAJ RIJAL

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद शान्ति चाहदै
  भदौ २, काठमाडौं । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । सोही सम्मलेनमा तालिबानले महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको पनि जानकारी दिएका छन् । तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताएका छन् । उनले अफगानिस्तानमा स्थिरता वा शान्तिका लागि सबैलाई माफ गरिदिइएको बताएका छन् । अब आफूहरुले  कुनै पनि शत्रु नचाहेको जनाउँदै  तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन्। महिला अधिकारको बारेमा उठिरहेको प्रश्नमा महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिने तालिबानले बताएका छन् । उनले महिलाहरु समाजमा निकै सक्रिय हुने छन् भनेर दावी गरेका छन् । शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले जानकारी दिएका छन् । उनले भने, “महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।” तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देश मुक्त भएको बताएका छन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले  नयाँ सरकार गठनको तयारी  गरिरहेको बताउँदै केही दिनमै सरकार गठन हुने जानकारी दिएका छन् ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ, तेस्रो कार्यकाल प्रधानमन्त्री हुने मोदी दोस्रो नेता

जेठ २८, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको श…

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया ग…

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

जेठ २७, काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलम…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

लोकप्रिय

सबै

भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ, तेस्रो कार्यकाल प्रधानमन्त्री हुने मोदी दोस्रो नेता

जेठ २८, काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको श…

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

जेठ २७, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया ग…

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

जेठ २४, काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्ष…

पर्यावरण संरक्षणमा वटसावित्री पर्वको भूमिका

सन्तोष आचार्य सति सावित्रीको व्रतबाट खुशी भएका यमराजले उनको पतिको ज्यान फिर्ता गरिएको…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…