SamwadKhabar logo

               

विचार

पर्यावरण संरक्षणमा वटसावित्री पर्वको भूमिका

सन्तोष आचार्य

सन्तोष आचार्य

पर्यावरण संरक्षणमा वटसावित्री पर्वको भूमिका

सति सावित्रीको व्रतबाट खुशी भएका यमराजले उनको पतिको ज्यान फिर्ता गरिएको पौराणिक मान्यता अनुरूप विवाहित महिलाहरूले दाम्पत्य जीवनको सफलताको कामना गर्दै ज्येष्ठ कृष्णपक्षको आमावस्या तिथिमा व्रत बसेर मनाइने वटसावित्री व्रतको आफ्नै विशेष महत्त्व रहेको छ । मैथिली संस्कृतिमा यो पर्वलाई ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्व सौभाग्य–समृद्धि प्राप्तिका लागि वरको रूखको पूजाआजा गर्दै मनाइन्छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । सावित्रीलाई हिन्दु संस्कृतिमा ऐतिहासिक चरित्रको रूपमा मानिएको छ । सावित्रीको अर्थ वेद, माता गायत्री र सरस्वती पनि हो । सावित्रीको जन्म समेत विशिष्ट परिस्थितिमा भएको थियो ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो ।

यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । वर्तालुले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा रहेको छ । वटसावित्रीको पूजा गर्दा ब्रह्मा, बिष्णु, महेश्वर संगै सावित्री, सत्यवान, यम, यमुनाको पनि पूजा गर्नुपर्ने विधान छ । पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले वरको रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) को फेदमा वर्तालुहरूले सामूहिक रूपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । वर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।  सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो ।


प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व पर्यावरण रक्षाको एक अनुपम उदाहरण पनि हो । सनातन संस्कृति अनुसार, दश सन्तान बराबर एक वृक्ष भन्ने हाम्रो सांस्कृतिक भनाइ रहेको छ । सय वृक्षले आफ्नो जीवन अवधीमा दिने तत्व र फाइदा वरको एक वृक्षले आफ्नो जीवनमा प्रदान गर्दछ भन्ने मान्यता रहेको छ । त्यसैले सम्पूर्ण वृक्षहरू मध्येमा वरको विशेष महत्व रहेको छ । धर्म र प्रकृतिबीचको यो सन्तुलन बनाई राख्ने सनातन धर्म यो अर्थमा पनि अन्य धार्मिक पन्थ भन्दा महान् र श्रेष्ठ छ ।


नयाँ परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि रहेको छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व वर्तालुहरूका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने समेत प्रचलन रहेको छ । मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका महिलाले मनाउन थालेका पाइन्छ । वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा समेत लिइने गरिन्छ ।

प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व पर्यावरण रक्षाको एक अनुपम उदाहरण पनि हो । सनातन संस्कृति अनुसार, दश सन्तान बराबर एक वृक्ष भन्ने हाम्रो सांस्कृतिक भनाइ रहेको छ । सय वृक्षले आफ्नो जीवन अवधीमा दिने तत्व र फाइदा वरको एक वृक्षले आफ्नो जीवनमा प्रदान गर्दछ भन्ने मान्यता रहेको छ । त्यसैले सम्पूर्ण वृक्षहरू मध्येमा वरको विशेष महत्व रहेको छ । धर्म र प्रकृतिबीचको यो सन्तुलन बनाई राख्ने सनातन धर्म यो अर्थमा पनि अन्य धार्मिक पन्थ भन्दा महान् र श्रेष्ठ छ ।

दार्शनिक दृष्टिबाट हेर्दा पनि वरपिपलको बोटलाई दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रूपमा स्वीकार गरिएको छ । वरको बोटलाई ज्ञान र निर्वाणको प्रतीक समेत मानिएको छ । भगवान बुद्धले यही वृक्षमुनि ज्ञान प्राप्त गरेका थिए भन्ने मान्यता रहेको छ । वरको वृक्ष मुनी श्रीमानको दीर्घायुका लागि पूजा गर्नु यस पर्वको मुख्य विशेषता रहेको छ ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

वेदहरूमा राष्ट्रभक्ति

वेदहरूमा राष्ट्रभक्ति

✍आचार्य विष्णुप्रसाद पोखरेल वेदहरू वैदिक (हिन्दू) धर्मको आदि स्रोत धर्म ग्रन्थ हुन् । यसब…

बालाचर्तुदशीको धार्मिक, सांस्कृतिक महत्व

बालाचर्तुदशीको धार्मिक, सांस्कृतिक महत्व

बालाचर्तुदशी नेपालीहरूको जनजीवनमा आधारित महत्वपूर्ण मौलिकता बोकेको पर्व हो । यो प्रत्…

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…