SamwadKhabar logo

               

विचार

तीजको सामाजिक-सांस्कृतिक महत्व

संवाद खबर

संवाद खबर

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं । विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ ।

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन ।

फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ ।

फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।

तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला ।

हो, तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् ।

मनाउने जतिलाई तीजको हार्दिक शुभकामना !  

- नारायण गाउँले  

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुर…

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्र…

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूल…