SamwadKhabar logo

               

धर्म संस्कृति

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

संवाद खबर

संवाद खबर

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले कडा निन्दा र भत्सर्ना गरेका छन् ।

हिजो (साउन २४)काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या लगायतका अमानवीय व्यवहारको भत्सर्ना गरिएको हो ।

अभियानले बंगलादेशको घटनालाई लिएर विविध संघसंस्था र पत्रकारहरुको बिचमा विमर्श बैठक आयोजना गरेको थियो ।

पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीले बंगलादेशमा गैरमुस्लिम समुदायमाथिको आक्रमण मानवता विरोधी कार्य भएकोले जति भत्सर्ना गरे पनि कम हुने बताउनु भयो । पराजुलीले सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपाल सरकारले दिएको प्रतिक्रिया निरिह भएको बताउनु भयो ।

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिनाले बंगलादेशमा भइरहेको हिन्दू र अल्पसंख्यक माथिको अत्याचार विरुद्ध सशक्त आवाज उठाउन आवश्यक रहेको बताउनु भयो । पिडितको आवाज अन्तराष्ट्रिय गर्न सशक्त दबाबको आवश्यकता रहेको तिम्सिनाले औंल्याउनु भयो ।

परामर्श वैठकले नेपाल सरकार, सरकारका निकाय र अन्तराष्ट्रिय दातृ निकायको ध्यानाकर्षण र विरोध अभियानका लागि दस्तावेज तयार गर्न ३ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिमा केशव प्रसाद चौंलागाई, सन्तोष आचार्य र रेणुका खरेल रहनु भएको छ ।

परामर्श बैठकले हिन्दू, बौद्ध लगायतका धार्मिक सांस्कृतिक संघसंस्थाले शनिवार संयुक्त रुपमा बंगलादेशमा आक्रमणमा मारिएका हिन्दू, बौद्ध लगायतका अल्पसंख्यकको सम्झनामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । शनिवार अपरान्ह ४ बजे माइतिघरमा श्रद्धाञ्जली सभा गर्ने भएको हो ।

बैठकमा स्वागत मन्तव्य राख्नु हुँदै अभियानका महासचिव देवेश झाले सशक्त प्रतिरोध नभए अतिवादीहरुको अत्याचार बढ्ने बताउनु हुँदै बंगलादेशका अल्पसंख्यकको न्यायका लागि सशक्त प्रतिरोध हुनु पर्ने बताउनु भयो ।

बैठकमा बंगलादेशको हिंशामा मारिएका हिन्दू लगायतका अल्पसंख्यकको सम्झनामा मौन धारण गरि शान्ति पाठ समेत गरिएको थियो ।

 

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

१ जेठ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल …

नौलिंग भद्रकाली जात्रा

नौलिंग भद्रकाली जात्रा

३० वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्…

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

वैशाख महिनाको चतुर्दशी तिथि अर्थात्आजनरसिंहजयन्ती। नृसिंह (नरसिंह) नर (मान्छे) अनि स…

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जस…