SamwadKhabar logo

               

धर्म संस्कृति

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

संवाद खबर

संवाद खबर

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमा अर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा बृहत व्याख्या गरिएको पाइन्छ । कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ । वैज्ञानिक हिसाबले हेर्दा कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । 

कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ भन्ने विश्वास छ । लगनशील, तिष्ण, मेधावी विद्यार्थीको बुद्धीलाई कुशसँग तुलना गरी कुशाग्र बुद्धी भएको उपमा दिइन्छ । देव एवं पितृकार्यमा कुशको विशेष महत्त्व छ । पवित्र कुश लगाए सबै खालको रिस, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने लौकिक मान्यता छ । कुशको जरा र पातबाट रक्तसञ्चारमा ऊध्र्वगमन र अधोगमन (जष्नज ७ यिध_, पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने आयुर्वेदिक मान्यता रहेको छ । हाम्रो वरिपरिका एन्टी रेडियसनबाट बचाउन कुशलाई लगाउने, राख्ने, ओछ्याउने र शुद्ध पार्ने जस्ता कामको लागि प्रयोग गरिन्छ । कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचापजस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको तर्क छ । कुशले नकारात्मक ऊर्जा, तरङ्ग र विकिरणहरूलाई निस्तेज बनाउन मद्दत समेत गर्दछ । कुशलाई विकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको समेत पाइएको वैज्ञानिक प्रमाण छ । नकारात्मक प्रवाह र नेगेटिभ ऊर्जा विशेषगरी हाम्रो हात, गोडा र शिरबाट हाम्रो शरीरमा व्याप्त हुने हुनाले गर्दा कुशका पवित्र, औँठी, मणिबन्ध, यज्ञोपवीत आदि बनाएर ग्रहण गर्ने चलन हाम्रो रहेको छ ।

बुबाको मुख हेर्ने दिन
कुशेऔंसी लाई पितृऔंसी पनि भन्ने गरिन्छ ।  मृत्यु भइसकेका बुवालाई सम्झिएर काठमाडौंमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा पूजा गर्ने परम्परा रहेको हुनाले गोकर्णे औंसी पनि भन्ने गरेको पाइन्छ । आजको दिनलाई पितृकार्यका लागि उत्तम तिथि मानिन्छ । 

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । 

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आफ्ना अभिभावकको देनप्रति कृतज्ञता व्यक्त गर्न सन्तानले आजको दिन आफ्नो प्रेरणाको आधार र अनुभव बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई सम्मानका साथ उपहार लिएर मुख हेर्ने गरिन्छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने जनविश्वास रहेको छ । 

आज गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नन गर्नेहरूको भिड लाग्ने गरेको छ । यहाँ आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँने गर्छन् । - संवाद खबर

ताजा

सबै

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

साइबर कानुनसम्बन्धी कक्षा सञ्चालन गर्दै प्रहरी

७ जेठ, काठमाडौं । ओखलढुङ्गा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका११ मा नेपाल प्रहरीले सा…

लोकप्रिय

सबै

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकु…

काठमाडौं महानगरको सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला२०८२ का कार्यक्रम सुरु गरेको छ …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …

यो पनि

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

१ जेठ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल …

नौलिंग भद्रकाली जात्रा

नौलिंग भद्रकाली जात्रा

३० वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्…

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

वैशाख महिनाको चतुर्दशी तिथि अर्थात्आजनरसिंहजयन्ती। नृसिंह (नरसिंह) नर (मान्छे) अनि स…

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

अक्षयफलदाता तिथि: अक्षयतृतीय, परशुराम जयन्ती

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जस…