SamwadKhabar logo

               

समाचार

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

संवाद खबर

संवाद खबर

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । चीन सरकारी सञ्चारमाध्यम अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि ११ अभिभावक र विद्यार्थीहरूको ज्यान गएको हो । 

राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको नियन्त्रण गुमाएको बताएको छ ।

“हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।

सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ । सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरुको भिडसँग ठोक्किएको थियो ।

बस चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको छ ।

गत जुलाईमा चीनको मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो ।

ताजा

सबै

राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु

भदौ २८, काठमाडौं । राष्ट्र सेविका नेपालको राष्ट्रिय योजना बैठक २०८१ आजबाट शुरु भएको…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

लोकप्रिय

सबै

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

२६ भाद्र, काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नयाँ…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…