SamwadKhabar logo

समाचार

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

संवाद खबर

संवाद खबर

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं । काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्वोच्च अदालतको फैसलामाथि पुनर्विचार गर्न प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले माग गर्नु भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर चालिसेले अदालतको फैसला कार्यान्वयन हुँदा ८० हजार भन्दा बढी घरबार बिहिन हुनुपर्ने अवस्था आउने बताउनु भयो ।

सांसद चालिसेले २०६५ सालमा अधिकार सम्पन्न बागमती एकीकृत बिकास आयोजनाले नदी किनारबाट २०-२० मिटर छाडेर संरचना बनाउने निर्णय गरेकोले करिब ८० हजार भन्दा बढीले २० मिटर छाडेर घर बनाएकोमा अहिले सम्मानित सर्वोच्च अदालतको थप २० मिटर छाड्नु पर्ने आदेस आएपछि ८० हजार घरधुरी घरबार बिहिन हुनुपर्ने अवस्था आएको बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले सर्वोच्च अदालतको फैसलामाथि पुनर्विचार हुनुपर्ने बताउनु हुँदै संसदको ध्यानाकर्षण गर्नु भयो । २०८० पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासबाट भएको फैसलामाथि पुनर्विचार हुनुपर्ने सांसद चालिसेको माग गर्नु भयो ।

चालिसेले २० मिटर छाड्नुपर्ने फैसलाले नदि किनारका बासिन्दाहरु चिन्तित भएकोमा जोड दिनु हुँदै यस्तो फैसलाले नदी किनार वरिपरि बस्ने घरधुरिहरूलाई अन्याय भएको बताउनु भयो ।

अहिले अधिकांश घरधुरीलाई बैंकले धितो परिवर्तन गर्न दबाब दिइरहेकोले त्यस तर्फ पनि चालिसेले ध्यानाकर्षण गराउनु भयो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि