SamwadKhabar logo

               

धर्म संस्कृति

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

संवाद खबर

संवाद खबर

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैवटा ढोका खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाका अनुसार दर्शनार्थीहरुको सुविधाको लागि छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी ३ बजेबाट नै चारैवटा ढोका खुला गरिने भएको हो । 

उहाँले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताउनुभयो । 

त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

पिङ्गलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढीका हुदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको बताउनुभयो ।

तिलगंगा राममन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ । 
बिहीवार आयोजित पत्रकार सम्मेलनमा महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

श्रीपशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाएको छ । पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने जाकारी दिनुभयो । 

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेश्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको छ ।  
 

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार, काठमाडौंं । गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज (बिहीवार) गुरुपूर्णिमा मन…

हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को अवसरमा तुलसी वितरण

हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को अवसरमा तुलसी वितरण

२२ असार, काठमाडौं । हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को पावन अवसरमा विश्व हिन्दू …

हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) चतुर्मास व्रत आरम्भ, आज तुलसीको बिरुवा सारिँदै

हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) चतुर्मास व्रत आरम्भ, आज तुलसीको बिरुवा सारिँदै

२२ असार, काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सार…