SamwadKhabar logo

               

धर्म संस्कृति

आज ऋषिपञ्चमी पर्व मनाइँदै

संवाद खबर

संवाद खबर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

ताजा

सबै

दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको …

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा…

नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ

२१ असोज, काठमाडौं । दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्र…

लोकप्रिय

सबै

हिन्दू स्वयंसेवक संघ काठमाडौं संभागकाे प्रारम्भिक वर्ग सम्पन्न

असोज २२, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपाल काठमाडौँ सम्भागलेतिलगंगाको श्री शारदा…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

दशैं बिदामा मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको …

यो पनि

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी …

बडा दशैं सुरु, आज घटस्थापना

बडा दशैं सुरु, आज घटस्थापना

१७ असोज, काठमाडौं ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो द…