SamwadKhabar logo

               

धर्म संस्कृति

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

संवाद खबर

संवाद खबर

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ ।इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एक रमाइलो महत्वपूर्ण जात्रा हो । 

यही भदौ २० गते बुधबार बिहान १०ः ४८मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो ।लिङ्गोलाई भदौ ३०  गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ । इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ । 

यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ । त्यसपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत 🔸 देवर्षि नारद हिन्दू धर्मशास्त्रअनुसार भगवान…

वैशाख शुक्ल नवमी : सीता जयन्ती

वैशाख शुक्ल नवमी : सीता जयन्ती

वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी …

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…