SamwadKhabar logo

               

धर्म संस्कृति

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

संवाद खबर

संवाद खबर

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अनुसार आश्विन कृष्ण पक्षलाई सोह्र श्राद्ध भनिन्छ।

आमाबुबा नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्दछन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

चन्द्रमास अनुसार भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ । सोह्र श्राद्धमा नुवाकोटको बेत्रावति, काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर, तनहुँको देवघाट लगायतका तीर्थ क्षेत्रमा श्राद्ध गर्ने चलन छ ।

हिन्दू शास्त्र पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ। भविष्यपुराणको आधारमा भन्ने हो भने  देश,काल परिवेश अनुसार देहावसान भएका पितृहरूले प्राप्त गरून् भनी श्रद्धापूर्वक तर्पण, सिद्धान्नदान, पिण्डदान, ब्राह्मणभोजन गराउनु नै श्राद्ध हो भनिएको छ ।

शास्त्रीय मान्यता अनुासर सोह्र श्राद्ध गर्नाले समस्त पितृजनहरूको उद्धार भई गद्गति पाउँछन् ।

शास्त्रमा भनिएको पनि छ– 
आयुःप्रजां धनं विद्यां स्वर्गमोक्षसुखानि च ।
प्रयच्छन्ति यथा राज्यं पितरः श्राद्धतर्पिताः ।।
श्राद्धद्वारा तृप्त भएका पितृजरूले श्राद्ध कर्तालाई आयु, सन्तान, धन, विद्या, स्वर्ग, मोक्ष, सुख, राज्य प्रदान गर्दछन् । त्यस कारण यस विषयमा मनुले पनि भन्नुभयो कि– देवकार्याद् द्विजातीनां पितृकार्यं विशिष्यते । अर्थात् द्विजातिहरूका लागि देवकार्य भन्दा पितृकार्य विशेष महत्वपूर्ण हुन्छ । 

 

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत …