SamwadKhabar logo

               

तीर्थ परिचय

क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा

Pramila Bhujel

Pramila Bhujel

क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा
चैत्र २, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक गरी कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अपेक्षा गरिएभन्दा निकै उच्च स्तरमा सम्पन्न भएको विश्लेषण गर्दै मुक्तिनाथधाम संस्थापक समितिका अध्यक्ष अनिल पाण्डेले सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे । एक सातादेखि मौन व्रत बसेर प्राणप्रतिष्ठापछि बोलेका अध्यक्ष पाण्डेले भने– "हजारौँ शुभचिन्तकहरूको सहयोग र सहभागिता विना नेपालीको धर्म, संस्कार र पहिचान अभिवृद्धि गर्ने यो पवित्र कार्य सम्भव हुने थिएन ।" यो सबै हिन्दु तथा बौद्ध धर्ममा विश्वास गर्नेहरूको साझा आस्थाको केन्द्र हो भन्ने कुरालाई हजारौँ व्यक्तिको सहभागिताले प्रस्ट अनुमोदन गरिदिएको अध्यक्ष पाण्डेको धारणा छ । त्यसैगरी महाशिवरात्रि पर्व, शिवलिंग प्राण–प्रतिष्ठा एवं रुद्राभिषेक कार्यक्रमलाई सम्पन्न गर्न एघार दिनसम्म उपवास, जलाहार, निराहार लगायतका कठोर व्रत गरी हिन्दु वैदिक परम्परा अनुसार भगवानको प्राण प्रतिष्ठा गर्ने महत्त्वपूर्ण कार्यमा सहभागी भएका कर्ताहरु मुक्तिनाथधामको इतिहासमा सदा स्मरणीय हुनुहुने अध्यक्षको धारणा छ । यस महाउत्सवलाई वैदिक परम्परा अनुसार सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आफ्नो टिमका सम्पूर्ण सदस्यहरू, यसलाई सफल पार्न दिन रात परिवार नभनी अहोरात्र काम गर्नुहुने सम्पूर्ण गुरुहरूप्रति पनि अध्यक्ष पाण्डेले आभार प्रकट गरे।‘विदेशी भूमिमा पनि गुरु पदमप्रसाद नेपालको नेतृत्वमा १६ जनाभन्दा बढी पुरोहितहरुको सहभागिता गराई इतिहास रच्न सफल गराई दिनुभएकोमा विनीत भावले धन्यवाद प्रकट गर्दछु’ पाण्डेले भने । धार्मिक आस्थाका साथ जोडिएका मनलाई फुट्न नदिने प्रतिबद्धता अध्यक्ष पाण्डेले व्यक्त गरे

ताजा

सबै

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा

वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश…

चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।…

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही

वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही ग…

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

लोकप्रिय

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेक…

नक्कली लाइसेन्स प्रकरणः यातायात व्यवस्था विभागका इञ्जिनियर पक्राउ

वैशाख १६, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…

यो पनि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

वैशाख १२, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै…

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

वैशाख ६, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका३३ भरतपोखरीको पुडिटारमा रहेको भुल…

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

गोठाटारस्थित सिताराम मन्दिर उद्घाटन

वैशाख ६, काठमाडौं । राम नवमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहे…

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

हलेसीमा पन्ध्र दिने रामनवमी मेला

वैशाख ४, काठमाडौं । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ ।…