SamwadKhabar logo

               

समाचार

१२७३ समाचार


विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश...


मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

वैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई...


०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु : सुहाङ नेम्वाङ

वैशाख १८, काठमाडौं । इलाम२ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्वाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने दाबी गरेका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम२ मा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले इमानदार भएर...


काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

वैशाख १८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता...


नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै

वैशाख १८, काठमाडौं । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल...


गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

वैशाख १८, काठमाडौं । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई वैशाख ७ गते...


गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

वैशाख १८, काठमाडौं । भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरी प्रभाग सुडाल र वृत्त जगातीबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर...


इलाम–२ मा सुहाङ नेम्वाङ विजयी, १६ उम्मेदवारको जमानत जफत (मत सहित)

वैशाख १८, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका...


बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो । सामाजिक विकास...


महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

वैशाख १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा...


बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमवार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६...


धादिङको किन्ताङफेदीमा बेली ब्रिज

वैशाख १७, काठमाडौं । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामनपाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष...


भोजपुरमा जिप दुर्घटना हुँदा घटनास्थलमै एक महिलाको मृत्यु

वैशाख १७, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा घटनास्थमै एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी...


छिमेकीको नाबालिका छोरीको हत्या गरेको आरोपमा आमा–छोरी पक्राउ

वैशाख १७, काठमाडौं । जनकपुरधाम सिरहामारिसइबीका कारणलेछिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका...


१२ वर्षपछि पाकिस्तानमा उपप्रधानमन्त्री विदेशमन्त्री इशाक दार

वैशाख १७, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । १२ वर्षपछि उपप्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गरी यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई...


विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

वैशाख १७, काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो...


सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् । सुहाङले १० हजार ३ मत पाएका...


वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने बताएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता साहले इच्छाएको अर्थ मन्त्रालयको जिम्मेवारी नपाएपछि दिइएको पदको...


राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतवार संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभा सदस्य शाक्यलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन । शपथ ग्रणगलत्तै सांसद...


शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसपसहित ५ पसलमा क्षति भएको छ । सो ठाउँमा रहेको एक पसलमा ग्यास पड्किएर आगलागी भएपछि स्थानीयवासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...


ताजा

सबै

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …

तेह्रथुममा ढाका महोत्सव सुरु

जेठ ४, काठमाडौं । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्…

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका११ कपन पैंयुटारबाट पेस्तोलसहित प्रहरीले एक …

गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

जेठ ४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामि…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…