SamwadKhabar logo

               

धर्मशास्त्र

प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएर पूजापाठ

संवाद खबर

संवाद खबर

प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा  रुद्राक्ष चढाएर पूजापाठ
जेठ १९, काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ । दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । दाहालले मध्यान्ह १२ बजेको समय पारेर मन्दिरमा पूजा समेत गर्नुभएको छ भने एक सय आठ किलोको रुद्राक्षको माला पनि चढाउनु भएको छ । दाहालले काठमाडौंबाटै चार वटा सुटकेसमा रुद्राक्षका माला लानुभएको थियो । सनातन धर्ममा महाकालेश्वर ज्योतिर्लिङ्गको पूजालाई निकै महत्वपूर्ण मानिन्छ । नेपालका प्रधानमन्त्रीको दर्शन तथा पूजाका कारण उक्त मन्दिरमा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सर्वसाधारण भक्तजनलाई प्रवेश निषेध गरिएको हो । उज्जैन पुग्दा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको थियो । महाकालेश्वरमा पूजा सकेपछि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको इन्दौर जाँदै हुनुहुन्छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

११ साउन, काठमाडौं । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती । हिन्दु धर्म ग्रन्थअनुसार आ…

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…