SamwadKhabar logo

               

धर्मशास्त्र

प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएर पूजापाठ

संवाद खबर

संवाद खबर

प्रधानमन्त्री दाहालद्वारा भारतको प्रसिद्ध महाकालेश्वर मन्दिरमा  रुद्राक्ष चढाएर पूजापाठ
जेठ १९, काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेश जानुभएको छ । दाहाल शुक्रबार बिहान ११ बजे मध्ये प्रदेशको उज्जैन पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले त्यहाँस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । दाहालले मध्यान्ह १२ बजेको समय पारेर मन्दिरमा पूजा समेत गर्नुभएको छ भने एक सय आठ किलोको रुद्राक्षको माला पनि चढाउनु भएको छ । दाहालले काठमाडौंबाटै चार वटा सुटकेसमा रुद्राक्षका माला लानुभएको थियो । सनातन धर्ममा महाकालेश्वर ज्योतिर्लिङ्गको पूजालाई निकै महत्वपूर्ण मानिन्छ । नेपालका प्रधानमन्त्रीको दर्शन तथा पूजाका कारण उक्त मन्दिरमा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सर्वसाधारण भक्तजनलाई प्रवेश निषेध गरिएको हो । उज्जैन पुग्दा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको थियो । महाकालेश्वरमा पूजा सकेपछि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको इन्दौर जाँदै हुनुहुन्छ ।

ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

यो पनि

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्च…