SamwadKhabar logo

               

महापुरुष

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

संवाद खबर

संवाद खबर

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ “सत्य धर्म मुचुल्का” गराउनु भएको थियो । त्यसैको सम्झनामा वैशाख २४ “सत्य धर्म मुचुल्का” दिवस तथा समाज सुधार दिवसका रूपमा मनाउने गरिन्छ ।

महागुरुले १९८८ वैशाख २४ गते पाँचथरको सिलौटीमा तत्कालीन दस लिम्बुवानका प्रतिनिधि बोलाएर विकृति, विसंगति हटाउँदै समाज सुधार गर्न दसबुँदे सत्य धर्म मुचुल्का गराउनु भएको थियो । जसलाई किरात समाज सुधारको पहिलो खुड्किलोका रूपमा लिएर वैशाख २४ गते समाज सुधार दिवसका रूपमा मनाउने गरिन्छ ।

के छ सत्य धर्म मुचुल्कामा ? 

– प्रत्येक गाउँगाउँमा मन्दिर र पाठशाला बनाउनु, धूपबाती अक्षता खर्चका लागि लेखपढ सिकाउने, शास्त्राज्ञ शिक्षकहरूको तलब भत्ता आदि दिनुलाई चन्दा संकलन गर्दा प्रतिव्यक्ति प्रति घरलाई एकपटक उठाउँदा घरको एकको रु। १ आना दुई–दुईका दरले उठाउने धर्म मनले एकमत भई निर्णय गर्यौं।

– देव पितृलगायत पूजाआजा विवाह सुद्धाइँ मृत्यु कार्जे गर्दा लिम्बूको नै कार्जेमा पनि जीवघात गर्नेगरी आयाको स्वहत्याको चलन छोडी अबउप्रान्त नैवेद्य, धूपबत्ती, सिँदुर अच्छता र फलफुलले मात्र गर्ने।

–छोरीचेलीको सोतरित खाने लिम्बूको चलनले आफ्नो रस बिक्री गरी आफैँले खाने गरेको मनुष्य जाति धर्मका विरुद्ध परी पाप घृणालाग्दो भएको सो चलन त्यागी अबउप्रान्त सोतरित केही नखाई बागदत्ता बोली विवाह गरिदिने लिने, लिइदिई सकेपछि माइतीलाई जुठो नलाग्ने।

– मृत्यु सुतकमा कसैले तीन दिन बारी चार दिनमा, कसैले चार दिने बारी पाँच दिनमा शुद्ध हुने काम जुठो बार्नेमा पनि सो चारपाँच दिनदेखि सरासर काम खेती गर्ने काम नौ दिनमा ‘कुश्रीङबा’ बारेपछि १० दिनदेखि मात्र जुठो सकिने भनी गरी आएकाले अवउप्रान्त नौ दिनमा किरिया बारी १० दिनमा शुद्ध हुने खेती काम गर्नेलाई क्रियापुत्रीबाहेक अरूलाई तीन दिन मात्र काम खेती बारेर त्यहाँदेखि बार्नु नपर्ने।

–बृद्धि सुतकमा घटाई चार दिन बार्ने गरेको सो पनि सनातनबमोजिम १० दिन बार्ने र सुत्केरीका जिउलाई २२ दिन बारेर शुद्ध गराउने।

– मनुष्य भई प्रेतान्तर भइसकेपछि किरियापुत्रपुत्रीले साम्दाखोङ राखी कोरामा बस्ता सुँगुर, कुखुरालगायत पशुप्राणीले छोयो भने तारन्तार हुँदैन भनी दाजुभाइ, इष्टमित्र भेला भई रातदिन रुङने सोही साम्दाखोङ राखेकोमा बिहानबेलुकी पिण्ड दिने, कसैले मृत्यु भई मुर्दालाई जलाई–दबाइसकेकै दिन सुँगुर–कुखुरा काटी मलामीलाई खुवाई साम्दाखोङमा मासुको पिण्ड नदिने नून–तेल छोई सुद्धाई गरेका दिन सुँगुर काटी मासुको पिण्ड दिने खुवाउने पितृ मुक्त गर्ने वाक्यमा भने ‘वालाम् फाक्लाम मेन्दीक्के’ अर्थात कुखुरा, सुँगुरको कोखमा नजानु भन्ने वाक्य गरी आएकाले वास्तवमा पितृदेव धर्म कार्जेमा पशुप्राणीको हत्या गरी मांसको पिण्ड दिने गर्दा अहिंसा परमो धर्म भन्ने धर्मलाई खण्डन भई इत्यादि धर्मनोक्सानी कुकर्म काम भई आएको आजदेखि त्यागी अबउप्रान्त अदुवा, दूध, नैबेद्य, चामलको पिण्ड दिने गर्नु।

हामी याक्थुङबा गैह्रमा बुझ्दा सुँगुर–कुखुरा अघि नखायाको पछिबाट नबुझी खाने गरी आयाको बुझियाकोले अवउप्रान्त लिम्बू वा किरात जाति कसैले सुँगुर, कुखुरा नखानूलगायत अन्य महत्वपूर्ण बुँदाहरू पनि सत्यधर्म मुचुल्का छन्।

सत्य धर्म मुचुल्कामा ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ व्यक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरी पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुँदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए’ भनेर लेखिएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

✍उर्मीला घिमिरे (इटहरी, सुनसरी उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा स…

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज दे…

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत

देवर्षि नारद: ज्ञान र भक्तिका दिव्य अग्रदूत 🔸 देवर्षि नारद हिन्दू धर्मशास्त्रअनुसार भगवान…