SamwadKhabar logo

               

महापुरुष

आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

संवाद खबर

संवाद खबर

आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

३२ साउन, काठमाडौं ।  विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष ‘‘स्वर्गद्वारी महाप्रभु’ को आज १ सय ६६ औं प्राकट्य दिवसको शुभ अवसरमा उहाँलाई स्मरण गर्दै देशभर भव्यका साथ मनाइँदैछ । 

स्वर्गद्वारी महाप्रभु लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित पवित्र तपोभूमि र यज्ञभूमिको नामले प्रख्यात स्वर्गद्वारी आश्रमका संस्थापक हुनुहुन्छ । महाप्रभु त्रिकालदर्शी सन्त (वर्तमान भूत र भविष्य ज्ञाता), दूरदर्शिता र विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष यज्ञ सञ्चालक हुनुहुन्छ । उहाँको वास्तविक नाम नारायण गौतम हो । आजकै दिन श्रावण शुक्ल पुत्रदा एकादशीका दिन वि.स. १९१६ सालमा रोल्पाको सखी गाविस वडा नं ९ रुम्टीमा गौतम परिवारमा पिता अनिरुद्ध गौतम र माता श्वेता कुमारीको जेठो सुपुत्रको रूपमा नारायण गौतम(महाप्रभु)को जन्म भएको हो ।

उहाँ पाँच वर्षको उमेरदेखि तपस्यामा लिन भई बाल तपस्वी हुनुभयो । गुरु सच्चिदानन्द गिरीबाट संन्यासको दीक्षा प्राप्त गरेपछि उहाँको नाम नारायणबाट १०८ हंसानन्द गिरी भएको हो । उहाँलाई नारायण अवतार र शिवस्वरूप पनि मान्ने गरिएको छ । 

उहाँको शिष्यहरुको भनाइ अनुसार  त्रिकालदर्शी योगी र यज्ञ सञ्चालक मात्र नभई चमत्कारपूर्ण लीला पनि गर्नु हुन्थ्यो ।

स्वर्गद्वारी आश्रम महाप्रभुको व्यक्तिगत प्रयासबाट संस्थापित एवं सञ्चालित सनातन धर्मको आश्रम हो । स्वर्गद्वारी आश्रम समुद्र सतहदेखि ८००० फिटको उचाईमा रहेको र २६ हजार रोपनी क्षेत्रफलमा ओगटेको छ । स्वर्गद्वारी आश्रमको स्थापना बालतपस्वी महाप्रभु हंसानन्द गिरिबाट वि.सं १९५२ मा भएको हो ।  महाप्रभु हंसानन्द गिरीले वि.सं १९५२ बैशाख पूर्णिमाका दिन स्वर्गद्वारीमा विश्व शान्ति कल्याणको लागि वेद मन्त्रद्वारा अग्नि प्रज्ज्वलित गराई अखण्ड महायज्ञ शुरु गर्नु भएको थियो । हवनकुण्डमा वेद मन्त्रद्वारा प्रज्ज्वलित अग्नि हालसम्म निरन्तर जलिरहेको छ ।  

जनश्रुति अनुसार हाल हाल स्वर्गद्वारी रहेको स्थानको जग्गा महाप्रभुले जग्गाधनीसँग दान माग्नुभयो । उहाँले सो जग्गामा उत्खन्न गराउनुभयो । उत्खन्न गर्नेक्रममा यज्ञशाला, चरु, कोइला र विभूत फेला पर्यो । त्यसलाई उहाँले द्वापर युगमा पाण्डवहरूले स्वर्गजानु अघि यज्ञ गरेको स्थल भनी पुष्ट्याउनुभयो । जग्गा धनी यो दृश्य देखेर वसिभूत भए फलस्वरूप उहाँलाई त्यो जग्गा दान दिनुभयो । त्यही ठाउँमा विश्वकल्याण उद्देश्यका साथ यज्ञकुण्ड बनाइ अखण्ड महायज्ञ शुरु गर्नु भयो र त्यो दिनदेखि लगातार आजसम्म अविच्छिन्न अखण्ड अग्नी प्रज्जलन र यज्ञ होमादि हुँदै आएको रहेछ । 

महाप्रभु वि.सं. १९९७ सालमा ब्रम्हलीन भएको मानिन्छ । 

महाभारत र अठार पुराणका रचयिता वेदव्यास जस्ता त्रिकालदर्शी महर्षीले यस ठाउँमा ठूला-ठूला यज्ञ गर्नु भएको थियो । देवताहरूले पनि यस पवित्र भूमिमा यज्ञ गरेका थिए भन्ने भनाइ छ । भनिन्छ द्वापर युगमा पञ्च पाण्डवहरू यहाँ आई तपस्या गरेर स्वर्ग गएका हुनाले यस पवित्र भूमिको नाम स्वर्गद्वारी रहन गएको हो ।

यहाँको यज्ञशालामा रहेको हवन कुण्ड, प्रसिद्ध गौशाला, गुप्तीसागर गुफा आदिको दर्शन पूजन गर्न नेपाल र छिमेकी देश भारतबाट ठूलो संख्यामा भक्तजनहरू स्वर्गद्वारीको भ्रमण गर्ने गर्दछन् ।   यो आश्रम विभिन्न कठिनाईका बीच गुरु–शिष्य परम्पराबाट आज पर्यन्त सञ्चालन भइरहेको छ । स्वर्गद्वारीमा संस्कृत पाठशाला, वेदविद्याश्रम सञ्चालन भएको छ र वेद तथा धर्मकर्म एवं कर्मकाण्डको अध्ययन गर्नको निम्ति टाढा–टाढाबाट आउने यहाँ अध्ययन गर्नका लागि आउने गर्दछन् । 

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

३२ साउन, काठमाडौं । विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष स्वर्गद्वारी महाप्र…

हिन्दू चिन्तनका पुनर्व्याख्याकार सन्त तुलसीदास

हिन्दू चिन्तनका पुनर्व्याख्याकार सन्त तुलसीदास

२७ साउन, काठमाडौं । गोस्वामी तुलसीदासको नामले परिचित सन्त तुलसीदास हिन्दी साहित्यका…