SamwadKhabar logo

               

धर्मशास्त्र

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

संवाद खबर

संवाद खबर

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै
भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ । सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ । यसरी नागपूजा गर्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास रहेको छ । नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ । द्वापरयुगको अन्त्यमा राजा परीक्षितको मृत्यु नागले डसेर भएपछि उनका छोरा जन्मजयले पृथ्वीलोकमा रहेका सबै सर्प मार्न यज्ञ लगाएपछि स्वर्गका राजा इन्द्रसँगै आएका अस्तिका नागले राजा जन्मजयसँग माफी मागेपछि यज्ञमा हवन हुन लागेका सर्पहरू बाँचेकाले सोही श्रावण शुक्लपक्षको पञ्चमीदेखि नागको पूजा गर्न सुरु गरिएको कथा रहेको छ । नागलाई पानीसँग पनि जोड्ने गरिएको छ । नाग रिसाएपछि वर्षा नभएको, पानीको अभाव भएको र सम्पूर्ण जीव र जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ । नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीस्थित नागस्थानलगायत देशभरका नागस्थानहरुमा बिहानैदेखि नागको पूजा गर्नेहरुको भीड लागेको छ ।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्च…

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपालमा

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपालमा

भदौ १, काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आइपुगेका छन् । नेप…