SamwadKhabar logo

               

धर्मशास्त्र

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

संवाद खबर

संवाद खबर

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै
भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ । सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ । यसरी नागपूजा गर्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास रहेको छ । नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ । द्वापरयुगको अन्त्यमा राजा परीक्षितको मृत्यु नागले डसेर भएपछि उनका छोरा जन्मजयले पृथ्वीलोकमा रहेका सबै सर्प मार्न यज्ञ लगाएपछि स्वर्गका राजा इन्द्रसँगै आएका अस्तिका नागले राजा जन्मजयसँग माफी मागेपछि यज्ञमा हवन हुन लागेका सर्पहरू बाँचेकाले सोही श्रावण शुक्लपक्षको पञ्चमीदेखि नागको पूजा गर्न सुरु गरिएको कथा रहेको छ । नागलाई पानीसँग पनि जोड्ने गरिएको छ । नाग रिसाएपछि वर्षा नभएको, पानीको अभाव भएको र सम्पूर्ण जीव र जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ । नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीस्थित नागस्थानलगायत देशभरका नागस्थानहरुमा बिहानैदेखि नागको पूजा गर्नेहरुको भीड लागेको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

११ साउन, काठमाडौं । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती । हिन्दु धर्म ग्रन्थअनुसार आ…

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…