SamwadKhabar logo

               

धर्मशास्त्र

स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

संवाद खबर

संवाद खबर

स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न
असार ८, सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो। समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए। देशैभर बाट आएका स्वयंसेवकहरूले एकै ठाउंमा २० दिन सम्म बसेर प्रशिक्षण लिएका थिए। बिहान ५ बजे जागरण संगै शुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउंसो विभिन्न समसामयिकी विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रीयता, देशभक्ति, धर्म संस्कृति, आध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा हुन्थ्यो भने सायंकाल फेरि पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो। सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउंमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधै एक घण्टाको बौद्धिकको कार्यक्रम पनि हुने गरेको थियो। हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तिमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ। शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको प्रशिक्षण दिइएको छ । २० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

११ साउन, काठमाडौं । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती । हिन्दु धर्म ग्रन्थअनुसार आ…

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…