SamwadKhabar logo

               

विचार

खस्कँदो अर्थतन्त्र र समाधान

Pramila Bhujel

Pramila Bhujel

खस्कँदो अर्थतन्त्र र समाधान
–चुण्डी लामा गोकर्णेश्वर–९,  काठमाडौं वर्तमान नेपाल कुन आर्थिक, सामाजिक तथा राजनितिक अवस्थामा अवस्थित छ भन्ने कुरा जग जाहेर नै छ । प्रायः सबै नेपालीको अरूणोदयसँगैको पहिलो वाक्य नै नेपालप्रतिको वितृष्णा प्रकट हुने अंशबाट शुरुवात हुने गर्दछ । अब कल्पना गर्नुहोस, यहाँ हरेक नेपालीका दिनहरू कसरी बितिरहेका छन् । के युवा, के वयस्क, तथा के वृद्ध-वृद्धा, हरेकका खेरहरू यत्रतत्र छरपष्टिएर रहेका छन् । ती युवाहरू जो उत्पादन शक्तिका श्रोत हुन् आत्मनिर्भर बन्न समेत उपयोग हुन नसकिरहेको छ । अत्यावश्यक खाद्यवस्तु जुन जीवन हो, त्यसको परनिर्भरता दिनानुदिन अनन्तमा भासिँदै गइरहेको छ । अब नेपालीको जीवनरूपी श्वास नै अरूको मुठ्ठीको कसाइ र फुकाइमा निर्भर हुँदै गइरहेको छ ।

देश मुख्यतः केवल बैदेशिक अनुदान, ऋण, रेमिट्यान्स्र केही नगण्य अन्य आर्थिक श्रोतको भरमा चलिरहेको छ । ती आर्थिक श्रोतहरूबाट आएका रकमहरू पनि देशको दैनिक जीवनयापनको लागि चाहिने आवश्यक वस्तुहरू खरिद गरि आयात गर्नमा नै खर्च भैरहेको छ जसले गर्दा जति नै अनुदान, ऋण, रेमिट्यान्स आए पनि ती सबै तुरुन्तै अन्य मुलुकमा बाहिरी रहँदा देशमा गम्भिर आर्थिक समस्या सिर्जना भैरहेको छ । दिनानुदिन युवाहरू पलायन भैरहँदा अबको केही दशकमा नै देशमा केवल वृद्ध–वृद्धा मात्र बाँकी रहने कुरा सहज अनुमान गर्न सकिन्छ । देशमा भएका युवाहरू सबै आत्तिएका छन्, मातिएका छन्र छट्पटिएका छन् जसले समाजमा नकारँत्मक प्रभावहरू सिर्जना गरिरहेको छ । यो भयावह स्थितिलाई नजर अन्दाज गरेर हिँडिएको खण्डमा देशकै अस्तित्वमाथि पनि संकट नआउँला भन्ने कुनै आधार छैन । देशमा के उच्च वर्ग, के निम्न वर्ग, के राजनितिज्ञ, के आम–नागरिक, के ठुला व्यापारी, के साना व्यापारी, के जागिरे, के बेरोजगार सबै जना अन्यौलपूर्ण यात्रामा हिँडिरहेको छ । जो कसैको अभिव्यक्तिमा केवल देशप्रति निराशा मात्र देखिन्छ । कतै पनि आशाको एक झलक पनि देखिँदैन । यसरी कहिलेसम्म धानिने ?

तसर्थ, नेपाल र नेपालीको आत्मनिर्भरसहितको जीवन रक्षाका लागि अब अविलम्ब नै ठोस कदमहरू तय गर्न नसकेको खण्डमा भविष्यमा नेपाल कुन हदसम्मको परनिर्भरताको शिकार हुनु पर्ने र देश कुन दुर्दशाबाट गुज्रिनु पर्नेछ भन्ने कुरा अकल्पनिय हुन सक्छ । यो परनिर्भरतालाई चिर्नु नै सबैको सामूहिक उद्देश्य हुनु पर्दछ ।

नेपालमा आज पनि कृषि प्रधान देश नै भनिन्छ । तथापी यहाँ हरेक नेपालीलृे दैनिक रूपमा उपयोग गर्ने खाद्यवस्तुहरूको ठूलो अंश अन्य मुलुकबाट आयात गर्नु परिरहेको छ जसले गर्दा अनुदान, ऋण, रेमिट्यान्स्लगायत अन्य श्रोतबाट प्राप्त मुद्रा आफ्नै मुलुकमा नरही अन्य मुलुकमा बाहिरी रहेको छ । कृषि प्रधान देश भनिए पनि नेपाल केवल जीवन निर्वाहमुखी त्यो पनि अपुग कृषि अर्थतन्त्र थियो र वर्तमान अवस्थामा त त्यो झन खस्किएर गएको प्रतित भइरहेको छ । आजको एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि त्यही भएको जीवन निर्वाहमुखी कृषि अर्थतन्त्र पनि शुन्य उन्मुख हुनुले नेपालको भविष्यको अवस्था कस्तो हुने हो भन्ने मनन् गर्नु जरुरी छ । जैविक विविधताले भरिएको देशमा यस्तो स्थिति कसरी सिर्जना भयो भन्ने कुराको कारण पहिल्याउनु आजको आवश्यक्ता हो । आजको विश्वमा प्रायः समाज कृषि क्रान्तिको चरण पार नगरी औद्योगिकिकरणको चरणमा प्रवेश गरेको देखेको छैन । वास्तवमा कृषि उत्पादनको वृद्धि र उत्पादित कृषि उपजको व्यवस्थापनको लागि नै उद्योगको विकास हुन्छ । बेलायतको औद्योगिक क्रान्ति पनि त्यहाँ उत्पादित कृषि उपज विशेष गरी कटन नै हो भन्न सकिन्छ । त्यही कटनको बजारको खोजी गर्ने क्रममा बेलायतले संसार भरिनै कब्जा जमाउन सफल भएको थियो । केही दशक अघि मात्र तेस्रो मुलुकको सुचीमा रहेका मुलुकहरू जस्तै भारत, चीन, ब्राजिल आदि त्यही कृषि अर्थतन्त्र सहितको औद्योगिकिकरणको कारणले वर्तमान अवस्थामा विश्व शक्ति राष्ट्रमाझ प्रतिस्पर्धा गरिरहेका छन् अबको विश्वमा पहिलो शक्ति राष्ट्र बन्ने होडबाजीमा हिँड्न सफल देखिन्छन् ।

यसरी “कृषि विकास नै आजको निकास” भएको कारणले नेपालमा आर्थिक अभावका कारण फैलिएको विकृति र विसंगति हटाउने एक मात्र निर्विकल्प विकल्प कृषि क्रान्ति हो जसको लागि गाईको अपरिहार्यतालाई सायदै कसैले नकार्न सक्दछ । कुनै पनि विरुवाहरूलाई पूर्णरुपमा हुर्कनको लागि १७ प्रकारका विभिन्न तत्वहरूको आवश्यक पर्ने कुरा अध्ययनहरूले प्रमाणित गरेको छ । ती सबै तत्वहरूको एक मात्र जैविक स्रोत गाई/गोरुको मल हो । गाई/गोरुको मल पर्याप्त मात्रामा भएको खण्डमा मरुभुमीतुल्य, बन्जर–ढुङ्ग्यान जमिनलाई पनि उब्जाउ बनाउन सकिने कुरा यसबाट प्रष्ट हुन्छ । गाई/गोरुबाट प्राप्त हुने अन्य फाइदाहरू त सबैमा ज्ञात नै छ । संसारमा गाई बाहेकका डेरी उत्पादन लगभग शुन्य नै छ । नेपालको सन्दर्भमा त आजसम्म गाईको फोटो इङ्गित बाहेक अन्य कुनै डेरी उत्पादन देखिएको छैन ।

वर्तमान विश्वमा गाई/गोरुको सन्दर्भमा कानुनी रूपमै नेपाल र विश्व ध्रुविकृत भएर हिँडेका छन् जसमा सम्पूर्ण विश्व एकातिर र नेपाल एकातिर अवस्थित छ । कृषिमा आधुनिकिकरण भएसँगै नेपालको सन्दर्भमा गोरुको उपयोगिता शुन्यप्राय भएर गइरहेको छ । गाई पनि दूध दिन छाडेपछि उपयोगहिन मान्न थालेका छन्। दूध दिन छाडेपछिको गाई र गोरुको व्यवस्थापनमा समस्या देखिएसँगै नेपालमा गाई/गोरु पालनमा ह्रास आउन थालेको छ जसको प्रत्यक्ष प्रतिकूल प्रभाव कृषि उत्पादनमा पर्न गएको छ । जति जति गाई/गोरुको पालनमा ह्रास हुँदै जान्छ, त्यति त्यति कृषि उत्पादनमा पनि ह्रास हुँदै जान्छ ।

हाम्रो नेपाली समाजमा वरपरको वातावरणमा फैलिएर रहेका हानिकारक तत्वहरू नष्ट हुने मान्यताले गाईको गोबरले घर–आँगन लिपपोत गर्ने परम्परा अझै पनि छ । त्यही मान्यतालाई आधार बनाउने हो भने त्यही गाईको गोबर खेतबारीमा प्रयोग गरेको खण्डमा वरपरको वातावरण शुद्ध भइ वालीनाली राम्रो हुने कुरा यसबाट पनि प्रमाणित हुन्छ । सबै भन्दा महत्वपूर्ण कुरा, नेपाली समाज गाईलाई लक्ष्मी अर्थात धनकी देवी मान्छन् । अब कल्पना गर्नुहोस्, गाई अर्थात धनकी देवी बिना समृद्ध नेपालको कल्पना कतिको जायज छ ? आज भारत, ब्राजिल र चीन संसारकै सबैभन्दा धेरै गाई/गोरु भएकै कारणले उच्च आर्थिक वृद्धि हाँसिल गर्न सफल भएका छन् भन्न सकिन्छ । यदि नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउनु नै छ भने गाई/गोरुको संख्यामा कसरी वृद्धि गराउन सकिन्छ भन्ने तर्फ वहस हुनु नितान्त जरुरी छ । वि.पि.को समृद्ध नेपालको कल्पनामा पनि एक हल गोरुको चर्चा पाइन्छ । गोरु भन्नु नै मल भएको हुनाले त्यहाँ मलको चर्चा नभएको हुन सक्दछ ।

परापूर्व कालदेखि नै मानिसलाई कृषिमा गाई/गोरुको महत्व महसुस भइसकेको थियो । त्यस समयमा गाई/गोरुको प्रजनन् प्रक्रियालाई मानिसले आÏनो नियन्त्रणमा राख्न सक्ने चेतनाको विकास भएको थिएन । मानिसले यदि गाई/गोरुलाई खानाको रुपमा उपभोग गरिएको खण्डमा गाई/गोरु नाश भएर जाने निश्चित थियो । त्यसमाथि जङ्गली जनावरहरूको पनि शिकार हुन सक्दथ्यो । त्यसैले केही समाजहरूमा गाई/गोरुलाई खानाको रूपमा प्रयोग गर्न वर्जित गरियो भनेर केही अनुसन्धानहरूमा उल्लेख भएको पाइन्छ । तर आजको मानव समाज फरक भइसकेको छ । मानिसमा विकास भएको ज्ञानले करिब हरेक कुराहरू आफू अनुकूल बनाउन सक्षम भएका छन्। मानिस उपभोगवादी भइसकेको छ । जुन वस्तु मानिसको लागि अनुपयोगी मानिन्छ, त्यो लोप भएर जाने प्रवल सम्भावना रहन्छ । जस्तै पर्यावरणीय चक्रमा बाघ, भालु, गैडा, हात्ती आदिको आवश्यक्ता भए पनि प्रत्याक्ष रुपमा हेर्दा यी जीवहरू मानव उपयोगी नदेखिएको हुनाले यिनीहरू लोपोन्मुख हुँदै छन् । संसारमा यस्ता अनेकौ लोपोन्मुख जीवहरू छन् जुन मानव उपयोग विहिन मानिन्छ । यसरी गाई/गोरुको अनेकौँ उपयोगिता हुँदा हुँदै पनि नेपालको सन्दर्भमा लोपोन्मुख भएर जाने त होइन भन्ने प्रश्न खडा भएको छ । राष्ट्रिय कृषि गणना, केन्द्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशन गरेको प्रतिवेदन अनुसार विगत २०६८ देखि २०७८ सालसम्मको अवधिमा १८ लाख ७७१ गाई/गोरुको सङ्ख्यामा कमी आएको देखाइएको छ । यस तथ्याङ्क अनुसार हेर्दा राष्ट्रिय जनावर नै भोलीका सन्ततीले फोटोमा हेर्नु पर्ने त होइन, त्यो पनि अन्य देशमा खिचेर भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ ।

केही पाउनु, केही गुमाउनु पर्छ भन्ने भनाइ सर्वविधितै छ । मानव समाज उपभोगवादी भएको हुनाले आर्थिक रुपमा समृद्घ नेपाल निर्माणको लागि नेपाली समाजले पनि गाई/गोरुको संख्यामा वृद्धि ल्याइ यसको अधिकतम उपयोग गरी कृषि प्रवर्धनमा जोड दिनु अत्यन्त जरुरी छ । गाईलाई राष्ट्रिय जनावर र धार्मिक आस्थाको प्रतिककै रुपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्धनमा जोड दिनु जरुरी छ । सबै धर्म, संस्कार, जात–जातिलाई न्यायोचित हुने नियम–कानुन बनाउनु जरुरी छ । नेपालको समग्र स्थितिलाई मनन् गर्दा नेपालको संविधान–२०७२ को भाग–१, धारा–९, उपधारा–३ को राष्ट्रिय जनावरको कुरालाई यथावत राखी गाईलाई विशेष घाँस भत्ताको व्यवस्थासहित विशेष कार्यविधि तयार गरी मुलुकी अपराध संहिता–२०७४, परिच्छेद–२७ को पशुपंक्षी सम्बन्धी कसुरको दफा–२८९ मा उल्लेख भएको गोरु शब्द हटाइएको खण्डमा सबै जात–जाति, रिति–थिति, संस्कारलाई न्यायोचित वातावरण तयार हुने देखिन्छ जसले देशलाई कृषि अर्थतन्त्रमा आत्मनिर्भर बनाउँदै समृद्ध नेपाल निर्माणमा टेवा पु-याउने छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा

– सन्तोष आचार्य राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्…

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री ए…