भगवान श्रीरामको ४९६ वर्षको कठोर यात्रा
– सन्तोष आचार्य
राम जन्मभूमि अयोध्यामा प्राचिन समय देखि विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य भूमिलाई पाउन हिन्दुहरूले ५ सय वर्षसम्म अनवरतरूपमा संघर्ष गरे । लाखौं हिन्दुले बलिदान दिए । यसै विषयलाई लिएर हिन्दु लगायतका ओमकार परिवारका सदस्यहरूबाट धेरै संघर्ष भए । विधर्मी आततायीहरूबाट धेरै दुःख सहनु पर्यो । १५२८ मा मीर बाकीले बाबरको आदेशमा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाए । उक्त समयदेखि लिएर सन् २०२४ सम्म आइपुग्दा यो ४९६ वर्षको अवधीको रामको सम्पूर्ण यात्रालाई सातवटा समय सीमामा रहेर व्याख्या गर्न सकिन्छ –
१. मन्दिरमा : प्राचीन समय देखि १५२८ सम्म
हजारौं वर्ष पहिलेदेखि लिएर १५२८ सम्म राम आफ्नो मन्दिरमा नै थिए । त्यो समयमा अयोध्यामा रामको सुन्दर मन्दिर थियो । राम जहाँ जन्मिएका थिए त्यही ठाउँमा नै पहिले राम मन्दिर रहेको थियो । इतिहासको पाना पल्टाएर हेर्ने हो भने लगभग ७५०० वर्ष पहिले रामजन्मिएको प्रमाण पाइन्छ । उक्त समयदेखि १५२८ ईस्वीसम्म त्यहाँ एक ठूलो मन्दिर रहेको थियो ।
२. निर्वासनमा : १५२८ देखि १९४९ सम्म
१५२८ मा मीर बाकीले बाबरको आदेशमा राम मन्दिर भत्काए र बाबरी मस्जिद बनाए । त्यही समयदेखि नै रामले आफ्नो घर छोड्नुप¥यो र त्यसपछि उनी ४२१ वर्षसम्म आफ्नो घरदेखि बाहिर नै रहे । १८५३ मा, हनुमान गढ़ी मन्दिरबाट सशस्त्र हिन्दुहरूको एक समूहले बाबरी मस्जिद कब्जा ग¥यो । फलस्वरूप त्यसपछि दुई वर्षसम्म हिन्दु र मुस्लिम बिचमा हिंसा भड्कियो । फलस्वरूप त्यस समयको प्रशासनद्वारा उक्त स्थानमा मन्दिर निर्माण गर्न वा पूजास्थलको रूपमा प्रयोग गर्न अनुमति दिन अस्वीकार भयो । त्यहाँ हिन्दु–मुस्लिम झडपपछि थप विवाद हुन नदिन सिमा पर्खाल निर्माण गरिएको थियो । यसले मस्जिद परिसरलाई दुईवटा आँगनमा विभाजन ग¥यो फलस्वरूप मुस्लिमहरूले भित्री आँगनमा नमाज पढे । जसको कारण सन् १८५७ मा हनुमान गढी मन्दिरका महन्तले मस्जिद बाहिर चबुतर बनाए र हिन्दुहरूले बाहिरी चोकमा “राम चबुतरा” भनेर चिनिने उठेको मञ्चमा पूजा गरे ।
३. खुला मस्जिदमा : २३ देखि २९ डिसेम्बर १९४९ मा
हिन्दुहरूको लामो संघर्षपछी राम घर फर्किए तर मस्जिदमा नै रहे । डिसेम्बर १९४९ मा अखिल भारतीय रामायण महासभाले मस्जिदको ठीक बाहिर रामचरितामानसको नौ दिनको निरन्तर पाठ आयोजना ग¥यो । कार्यक्रमको अन्त्यमा, २२(२३ डिसेम्बर १९४९ को रातमा, नेतृत्वको एक समूह अभिराम दास मस्जिदमा प्रवेश गरे र रामको मूर्ति राख्न सफल भए । त्यसपछि २३ डिसेम्बरको बिहान, कार्यक्रम आयोजकहरूले हिन्दु भक्तहरूलाई मस्जिदमा दर्शन गर्न आउन आग्रह गरे । फलस्वरूप हजारौं हिन्दुहरू त्यहाँ पुग्न थाले । नेहरूले मस्जिद बाहिर मूर्तिहरू फाल्न भने तर फैजाबादका प्रशासनिक अधिकारी के–के नायरले नेहरूको आदेशलाई अस्वीकार गरे । जसबाट आक्रोशित भएका नेहरूले मस्जिदमा ताला लगाए । यसरी श्रीराम आफ्नो घर त फर्किए तर नेहरूको कारण आफ्नो घर फर्कने बित्तिकै ३७ वर्षसम्म तालाबन्दी भएर थुनिएर रहनु प¥यो । उक्त मूर्ति त्यसरी त्यहा राख्ने योजना करपात्री महाराजले नै बनाएका थिए ।
४. बन्द मस्जिदमा : १९४९ देखि १९८६ सम्म
यसरी राम आफ्नो घरमा पुनः फर्किसकेपछि पनि राजनीतिक खिचातानीको कारण बन्द मस्जिदमा रहनु प¥यो । नेहरू र इन्दिरा गान्धीको कारणले गर्दा मस्जिदमा परिणत भएको आफ्नो घरमा रामले ३७ वर्षसम्म बन्धक भएर बस्नु प¥यो । उक्त समयावधीमा वर्षमा एक पटक मात्र पुजारीलाई उक्त मस्जिदभित्र छिरेर पूजा गर्न अनुमति दिइएको थियो । अन्ततः ३७ वर्षपछि १९८६ मा उक्त मस्जिदको ताला खोलियो ।
५. खुला मस्जिदमा : १९८६ देखि १९९२ सम्म
रामभक्तहरूको रामलाई यथास्थानमा राख्नको लागि निरन्तर संघर्ष चलिरहेको नै थियो । फलस्वरूप स्थानीय वकिल उमेशको अनुरोधमा, १९८६ मा प्रधानमन्त्री राजीव गान्धीले मस्जिदको ताला खोल्न आदेश दिए र हिन्दुहरूलाई उक्त स्थानमा रामको पूजा गर्नलाई अनुमति दिए । तर मस्जिद हटाएर मन्दिर बनाउन अनुमति दिएनन् । यसरी हिन्दुहरूले सात वर्षसम्म मस्जिदमा नै रामलाई राखेर रामको पूजा गरिरहे ।
६. पालमा : १९९२ देखि २०२४ सम्म
सन् १९९२ मा बाबरी मस्जिद भत्काइयो । फलस्वरूप हिन्दुहरुले आफ्नो राम भगवानलाई अस्थायी पाल बनाएर राख्न बाध्य भए । यसरी मस्जिद भित्रबाट राम पालमा आए । त्यसपछि अर्को ३० वर्षसम्म राम पालमा नै बस्न बाध्य भए ।
७. मन्दिरमा : २२ जनवरी २०२४ देखि सधैंभरिलाई
अहिले आएर राम पुनः आफ्नै घरमा फर्किएका छन् । अन्ततस् ४९६ वर्षको कडा संघर्ष र विवादपछि राम पुनस् आफ्नै मन्दिरमा फर्किँदैछन् । इस्लामिक राक्षस बाबरले उनलाई आफ्नो घर बाहिर निकालेका थिए तर नरेन्द्र मोदीको अथक प्रयासपछि राम पुनः आफ्नो घर फर्किन सफल भएका छन् । तर रामलाई आफ्नो घरमा पुनर्स्थापना गर्ने क्रममा हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । उनीहरूको आत्माले अन्ततः न्याय पाएको छ । १५२८ मा बाबर सेनाले स्थानीय राजपूत योद्धाहरूलाई पराजित गर्दा मन्दिर भत्काएका थिए फलस्वरूप उक्त राजपूतको बंशले राम पुनः आफ्नै घरमा नफर्कीसम्म आफ्नो शिरमा पगडी र खुट्टामा जुत्ता नलगाउने कसम लिएका थिए । अन्ततः आज राम आफ्नै घरमा फर्किएका छन् । राजपूतहरूले ५०० वर्ष अघि खाएको कसमले आज मूर्त रूप लिएको छ । यो विश्व इतिहासको सबैभन्दा लामो युद्ध थियो र अन्तमा ती सबै मानिसहरूको सपना साकार भएको छ ।