SamwadKhabar logo

               

समाचार

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

प्रमिला भुजेल

प्रमिला भुजेल

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

यस्तै, जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ। रासस

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

पशुपतिमा तिजको दिन बिहान  ३ बजेबाट चारैवटा ढोका खुला गरिने

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अन…