SamwadKhabar logo

समाचार

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

प्रमिला भुजेल

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार रायको हत्या उहाँकै घरमा काम गर्ने २१ वर्षीय युवक राम उजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको हो  । एक अनुसन्धान अधिकृतले भन्नुभयो, ‘अनुसन्धान लगभग सकिसकेको छ । हत्या गर्ने व्यक्ति उनकै घरमा काम गर्ने युवक रहेको खुलेको छ’, ।

हत्या गर्दा ती युवकले लगाएका रगत लागेको कपडाहरु समेत लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए ।

त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरेको प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको बताइए पनि थप अनुसन्धान जारी रहेकाले अहिले केही बताउन नमिल्ने प्रहरी स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि सीआईबीबाट इन्सपेक्टरसहतिको टोली, जिल्ला र मधेश प्रदेशबाट टोली  समेत खटिएको थियो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि