SamwadKhabar logo

धर्म संस्कृति

बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

८ साउन, काठमाडौं । बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन भदौ ११ गतेदेखि शुरु हुन लागेको छ । 

नौ वर्षको अन्तरालमा सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको लागि युवाहरु पाकापुरानादेखि बालबालिकासम्म बागलुङ बजारको नारायणचोकमा भेला भएका थिए ।

सोमवार साँझ बागलुङ बजारको नारायणचोकमा स्थानीयवासीको व्यापक चहलपहल थियो ।  केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो । 

युवाहरू नौ वर्षको अन्तरालमा ऐतिहासिक हनुमान नाचको प्रशिक्षण लिँदै थिए । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट युवाहरूले उक्त कला सिकिरहेका थिए । बागलुङको नेवार समुदायमा प्रचलित हनुमान नाचको पूर्वाभ्यास सँगसँगै नयाँ पुस्तामा उक्त नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले हनुमान नाच संरक्षण परिषद्ले सो प्रशिक्षण चलाएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण यो महिनाभर चल्नेछ ।  
विसं २०७२ पछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “भदौ ११ गते मङ्गलवारदेखि सुरु हुने नाच चैतको अन्तिम मङ्गलवार बिर्सजन हुनेछ”,। 

भदौको पहिलो या दोस्रो मङ्गलवार पारेर नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले जानकारी दिनुभयो । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ । 
संस्कृतिकर्मी छोटाका अनुुसार हनुमान नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ । विभिन्न दश तालमा नाचिने हनुमान नाच पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको मानिन्छ । त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए । बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ । 

विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए । हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलवार, बिहीवार र शनिवार नाच्ने पराम्पराछ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा सहभागी हुन पाइन्छ ।  

बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाइने हनुमान नाचका प्रधान कजी (व्यवस्थापक) ईश्वर मलेपतीले जानकारी दिनुभयो । 

यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको उहाँको भनाइ छ ।  रासस

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी …