SamwadKhabar logo

               

कला / साहित्य

काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता मंसिर २७ गते गर्दै

Pramila Bhujel

Pramila Bhujel

काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता मंसिर २७ गते गर्दै
१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता राष्ट्रिय सभा गृहमा आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । सो प्रतियोगितामा सहभागी हुन सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराएको दर्ता फाराममा इच्छुकहरूले नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्ने सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठले जानकारी दिइन् । दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने श्रेष्ठले बताइन् । प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (श्रृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ । महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ । प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ । एउटा धुन ५ मिनेटभित्र सक्नुपर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ साथै चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई एक लाख रुपैयाँ नगद र चाँदीको मझौला बाँसुरी र तेस्रोलाई ५० हजार रुपैयाँ नगदसहित चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । साथै सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।    

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल…

यो पनि

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …