SamwadKhabar logo

कला / साहित्य

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

प्रमिला भुजेल

प्रमिला भुजेल

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ‘वर्तमान अवस्थामा जीवन मूल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगितामा ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालय प्रथम भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजना र बाल सचेता केन्द्रको संयोजनमा बाल वक्तृत्वकला प्रतियोगितामा तिन सामुदायिक विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतिस्पर्धीमध्ये ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयकी छात्रा अन्जु श्रेष्ठ प्रथम, ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयकी छात्रा एलिसा चौलागाई दोस्रो, यज्ञमति माध्यामिक विद्यालयका छात्र अनुप लाम्गाडे तेस्रो जनजागृति माध्यामिक विद्यालयकी छात्रा शर्मिला सुनुवार चौथो भएकी थिईन् ।

बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ११ का वडा सदस्य शर्मिला गौतमको सभापतित्व रहेको थियो । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, अन्य जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेले नगदसहित प्रमाणपत्र र ट्रफि पाएका थिए भनें सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा कमल सिलवालले जीवन शिक्षाका बारेमा काउन्सिलिङ गरेका थिए । कार्यक्रममा बाल सचेना केन्द्र नेपालले प्रकाशन गरेको २०८१ सालको भित्ते पात्रो विमोचन गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि एवं नगर प्रमुख मिठाराम अधिकारी, वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रम समापन सभाध्यक्ष शर्मिला गौतमले गर्नु भएको थियो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…