SamwadKhabar logo

               

धर्म संस्कृति

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

संवाद खबर

संवाद खबर

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने  ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको छ । 

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा तिथिदेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् । 

यस पर्वमा हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न बौद्ध स्तूप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने विधान छ। गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ । नौ बाजाका साथ प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजा गर्ने चलन रहेको छ । एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ । 

एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन पनि छ। विभिन्न चैत्य, विहार तथा मठहरूमा दीप प्रज्वलनका साथै ध्यान, साधना, नामसंगीत, परित्राण पाठ, प्रवचन र धम्मको उपदेशजस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छ । यस पर्वमा परम्परागत धाःबाजा, न्याकुँ बाजा, दमोखीं लगायत सांस्कृतिक बाजागाजा बजाई चैत्य, गुम्बा आदिको परिक्रमा गर्दा एक–आपसमा सद्भाव अभिवृद्धि हुनुका साथै मनमा शान्ति, परिवारमा सुख र विशेष पुण्य आर्जन हुने जनविश्वास रहेको छ। 
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…

परशुराम जयन्ती

परशुराम जयन्ती

पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम ज…