SamwadKhabar logo

               

खेलकूद

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

Pramila Bhujel

Pramila Bhujel

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
फागुन २४, काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले जित्न सफल भएको छ । बुधवार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जित्न सफल भएको हो। फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो। तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो। एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ। प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ। प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएकी छन्। एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर भएका छन्। विजेता समूहलाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताए । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रिय स्तरका अन्य खेल सञ्चालनमा समस्या भएको भन्दै पूर्वाधार निर्माणमा जोड दिने बताए। कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरे जिल्लामा राष्ट्रिय स्तरको खेल सम्पन्न हुनु गौरवको विषय रहेको बताएका थिए । फागुन १८ गतेदेखि ६ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो। - रासस

ताजा

सबै

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडी प्रतिस्पर्धा गर्ने

वैशाख १३, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा…

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

प्रिमियर कप: आज नेपालले युएईसँग सेमिफाइनल खेल्दै

वैशाख ७, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइन…

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

वैशाख ६, काठमाडौं । लागु औषध खैरो हिरोइनको कारोवारको सम्बन्धमा बुधवार पक्राउ परेका…

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशसँग बागमती ६ विकेटले पराजित

वैशाख ४, काठमाडौं । आज मंगलवार भएको टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलम…