SamwadKhabar logo

               

वाग्मती प्रदेश

काठमाडौंमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु

Pramila Bhujel

Pramila Bhujel

काठमाडौंमा ‘ई–क्यूआरटी पुलिसिङ’ सेवा सुरु
फागुन २४, काठमाडौं । काठमाडौंमा प्रहरीले कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (ई–क्यूआरटी)’ सेवा सुरु गरेको छ । अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, अब प्रहरीको क्यूआरटी टोली घटनास्थलमा पुगे/नपुगेकोसहित उनीहरुको सम्पूर्ण गतिविधि अफिसरहरुले जहाँसुकैबाट निगरानी गर्न सकिन्छ। ‘घटनास्थलको लाइभ तस्वीर र भिडियो पनि सिस्टममा प्राप्त हुने एसएसपी खत्रीले जानकारी दिए । यसले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास छ भन्दै समस्यामा परेका नागरिकसम्म पुग्ने समयलाई घटाउन समेत मद्दत पुग्नेछ एसएसपी खत्रीले भने । एसएसपी खत्रीका अनुसार, काठमाडौं प्रहरी मातहतका वृत्त र प्रभागहरुबाट जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मार्फत मोटरसाइकलमा खटिने टोलीको लोकेसन नियमित ट्र्याक हुनेछ । ‘घटना भएको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४ सै घन्टा प्रहरी कन्ट्रोल रुमबाट ट्र्याकिङ गर्न मिल्ने गरी डिजिटल प्रणाली जडान भएको छ’, उनले भने, ‘घटनास्थलमा पुग्नासाथ प्रहरीको काम कारवाही र सेवाग्राहीसँगको व्यवहार समेत स्वतः रेकर्ड हुनेछ । कन्ट्रोल रुमबाट सम्बन्धित कमाण्डरले पनि लाइभ हेर्न सक्नेछन् ।’ राजधानीमा खटिने ६० वटा पुलिस क्यूआरटी टोलीको सदस्यलाई शरीरमा हुने क्यामरासहितको प्रविधि जडान गरिएको हुन्छ । जिल्ला प्रहरी परिसर, टेकुमा बुधवार आयोजित कार्यक्रमका बीच ई–क्यूआरटी सेवा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उद्घाटन गरेका थिए । प्रहरी समयमा नपुगेको गुनासोलाई अझै कम गर्दै लैजाने नीति अनुरुप यो सेवा सुरु गरेको एआईजी दीपक थापाले जानकारी दिएका थिए । उनले यो सेवालाई क्रमशः भक्तपुर र ललितपुरमा पनि विस्तार गरिने बताए । कार्यक्रममा क्यूआरटी टोलीका सदस्यलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले, एआईजी थापा, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधीवक्ता सन्देश श्रेष्ठ लगायतले जीपीएस ट्र्याकिङ डिभाइस, शरीरमा लगाउन मिल्ने क्यामरा, हेलमेट, नि–गार्ड, रेडियो सेट, साइरन लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।  

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

वैशाख १६, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाक…

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

धुम्बाराहीमा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

वैशाख १६, काठमाडौं । आफ्नै विधालयबाट नक्कली परीक्षार्थी खडा गराएर कक्षा १२ को परीक्षा…