SamwadKhabar logo

               

स्वास्थ्य

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

Pramila Bhujel

Pramila Bhujel

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आएमा काठमाडौंमा निःशुल्क उपचार हुनेछ : मेयर बालेन

वैशाख १६, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचार हुने व्यवस्था रहेको जनाएको छ । मेयर बालेनले आज आइतवार सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा बिरामीको आवश्यकताअनुसारको उपचार निःशुल्कमा गरिने जानकारी गराएका हुन् ।

उनले थप लेखेका छन्–‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

नम्बर ११८० वा, काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न मेयर बालेनले आग्रह गरेका छन्।

चाहिने कागजातहरू

  • नेपाल सरकार र प्रदेश सरकारर स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात र परिचय पत्र वा, राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र रोग पहिचान भए सोको कागजपत्र ।
  • अनुसूची–५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र, सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र ।

बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः

  • आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

वैशाख २६, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर…

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

वैशाख २३, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसर…

जुम्लामा मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

जुम्लामा मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

वैशाख २१, काठमाडौं । हाल विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यल…