SamwadKhabar logo

               

दुर्घटना

बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै बेपत्ता

Pramila Bhujel

Pramila Bhujel

बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै बेपत्ता

चैत्र १५, काठमाडौं । संयुक्त राज्य अमेरिकामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किँदा ६ जना बेपत्ता भएको अनुमान गरिएको छ । अमेरिकी कोस्ट गार्डले हराइरहेकाहरूको खोजी स्थगित गरेको छ। उनीहरूको मृत्युको आशंका गरिएको छ । 

अमेरिकी कोस्ट गार्ड अधिकारीका अनुसार नदीको चिसो पानी र त्यहाँ खसेको समयलाई विचार गर्दा हराइरहेकाहरु जीवितै रहेको सम्भावना कम छ। नदीमा खसेका मानिस पुलमा खाल्डाखुल्डी मर्मत गर्न खटिएका कामदार रहेका छन्। मालवाहक पानीजहाजमा चालक दलसहित २२ जना सकुशल छन्।

एक विशाल मालवाहक पानीजहाज पुलमा ठोकिँदा उक्त २.६ किलोमिटर भत्केको थियो।  पानीजहाज बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काका लागि प्रस्थान गरेको डाली नामक पानीजहाज फ्रान्सिस स्कट पुलको एक खम्बामा ठोकिएको थियो।

स्थानीय समयानुसार मङ्गलबार राती ०१ः३० बजे सो दुर्घटना भएको थियो। त्यतिबेला सो पुलमा केही सवारीसाधन थिए।

पट्याप्स्को नदीमाथि निर्माण गरिएको सो पुल २,६३२ मिटर लामो छ र यो पुल बाल्टिमोर बन्दरगाहसम्म पुग्छ।  अमेरिकाको राष्ट्रिय गानका रचनाकार फ्रान्सिस स्कट कीको सम्मानमा सो पुल निर्माण गरिएको थियो। सो पानीजहाजको विद्युत् आपूर्तिमा समस्या देखा परेको र दुर्घटना हुनुभन्दा केही बेरअघि चालक दलले संकट उत्पन्न भएको भन्दै सहयोग मागेका थिए।

दुर्घटनापछि कैयन ढुगा र र हेलिकोप्टरले उद्धारका कार्यमा परिचालन गरिएको थियो। बाल्टिमोरमा रहेको फायर डिपार्टमन्ट, अमेरिकी कोस्ट गार्ड र मेरिल्यान्डका अन्य निकायहरू सक्रिय रूपमा उद्धार कार्यमा खटिएका थिए।

दुर्घटनामा परेको डाली नाम गरेको सो मालवाहक बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काको कोलम्बोका लागि २७ दिने यात्रामा हिँडेको थियो। तर यात्रा सुरु भएको एक घण्टा भित्रै ३ सय मिटर अग्लो उक्त पानीजहाज ४७ वर्ष पुरानो पुलको एउटा स्तम्भमा ठोकियो। 

अमेरिकी राष्ट्रपति जो बाइडनले आफू सकेसम्म छिटो बाल्टिमोर जाने र खोज तथा उद्धारलाई प्राथमिकतामा राख्ने बताएका छन्। यसैगरी उनले यथाशक्य छिटो सो बन्दरगाह खोल्न र चाँडो उक्त पुल निर्माण गर्न निर्देशन दिएका छन्।

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

काभ्रेमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते

वैशाख १२, काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ५ मुलाबारीमा सुमो दुर्घटना …

मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

वैशाख १२, काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा बिजुली…