SamwadKhabar logo

               

धर्मशास्त्र

माघे सङ्क्रान्तिको धार्मिक–सामाजिक परम्परा

Samwad Khabar

Samwad Khabar

माघे सङ्क्रान्तिको धार्मिक–सामाजिक परम्परा
— विष्णुप्रसाद पोखरेल सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले तथा ‘षण्मासा उत्तरायणम्’ —छ महिनासम्म उत्तरतर्फ चलायमान हुने भएकाले माघदेखि असारसम्मको समयलाई उत्तरायण भनिन्छ । राशिको आधारमा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिन्छ । माघे सङ्क्रान्तिदेखि रात छोटो र दीन लामा हुनुका साथै घाम पनि पारिलो हुन थाल्दछ । विभिन्न पुराणहरूमा मकर सङ्क्रान्तिको महिमाबारे विस्तृत रूपमा वर्णन गरिएको पाइन्छ । माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुङ्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।’ माघ महिनामा घिउ र कम्बल दान गर्नाले विशेष फल मिल्नुका साथै मोक्ष प्राप्त हुन्छ । पद्मपुराण अन्तर्गत माघ माहात्म्यमा— ‘माघे निमग्नाः सलिले सुशीते विमुक्तपापास्त्रिदिवं प्रयान्ति’ भनिएको छ । मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चिसो पानीमा डुबुल्की लगाउने व्यक्ति सम्पूर्ण पापबाट मुक्त हुन्छ । यसले के पुष्टि गर्छ भने शास्त्रमा देवताहरूको दिन मानिएको उत्तरायणको सुरुवात माघ महिनाभर स्नान गरी भगवान् विष्णुको दर्शन गर्नाले मोक्ष गति प्राप्त हुनपुग्दछ । महाभारतको प्रसङ्ग अनुसार इच्छामृत्युको वर पाएका भीष्म पितामहलाई महाभारतको रणभूमिमा अर्जुनका शरहरूले शरीरमा सर्वत्र छेडेका थिए । पितामह भीष्मले उत्तरायणमा प्राण त्याग गर्ने इच्छा प्रकट गरेर शरशैय्यामा शयन गरी छ महिना बिताए । दक्षिणायनको अन्त्यपछि उत्तरायण सुरु भएकै मकर सङ्क्रान्तिका दिन उनको इच्छामृत्यु भएको विषय महाभारतमा उल्लेख छ । राजा सगरका वंशमा भगीरथले सोही दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका र आफ्ना पितृलाई मुक्ति दिएको महाभारतमा उल्लेख छ । सोही आधारमा माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा स्नान गर्नुपर्ने मान्यता छ, जसलाई महास्नान भनिन्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धुलगायत ग्रन्थमा यस दिन स्नान गरी कम्बल, घिऊ, चाकु, तिलौरा, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहित दान गरे विशेष फल प्राप्त हुने र तीमध्येका खाद्यपदार्थ आफूले पनि खाएमा शरीर हृष्टपुष्ट हुनुका साथै निरोगी हुने उल्लेख छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, सक्खर र तिलका परिकार खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने र चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने कुरा पुराणमा उल्लेख छ । मकर सङ्क्रान्तिमा तिलको विशेष महत्व रहेको छ । उत्तरायण शुरु भएपछि विवाह, व्रतबन्ध र यज्ञ यागादि गर्न शुभ मानिन्छ । छ महिने उत्तरायणलाई देवताका दिन र छ महिने दक्षिणायनलाई पितृहरूको दिन भनिएबाट उत्तरायणमा देवकार्य र दक्षिणायनमा पितृकार्य गरिएको हो । मकर सङ्क्रान्तिका दिन पवित्र नदी एवं जलाशयमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुललाई पुस मसान्तका दिन उसिनेर माघे सङ्क्रान्तिका दिन खाने परम्परा छ । त्यसैले ‘पुसमा पाके, माघमा खाके’ भन्ने भनाइ प्रचलनमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । धर्तीभित्र /माटोमुनि फल्ने तरुल, गिंठा, भ्याकुर, पिंडालु, सखरखण्डमा फलाम तत्व (आइरन)को मात्रा प्रशस्त हुने, उँखुको रसबाट बनेको चाकु, गाइको घ्यू, तिलौराको सेवनले शरीरलाई आवश्यक पर्ने पोषण तत्व सहित उष्णता प्राप्त हुने र चिसोबाट जीउलाई बचाइराख्न मद्दत पुर्‍याउँदछ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिलको झिंगटा बाली आगो तापी हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वास समेत रहेको पाइन्छ । मास र चामलमा गाइको घिऊ, अदुवा र बेसारको गानु पिनेर खिचडी पकाइन्छ । यसरी तयार गरिएको खिचडी भगवानसहित पितृहरूलाई अर्पण गरी भोजन गर्नाले शरीरको चीसो सोस्ने र आवश्यक पर्ने तत्व पनि खिचडीबाट प्राप्त हुने विषय आधुनिक विज्ञानले पनि स्वीकारको छ । यस दिन गुरु–पुरोहितहरूद्वारा घरमा पूजाआजा लगाई दान दातव्य गर्नाले यसलोकमा ईश्वरको कृपाका साथ आनन्द प्राप्त हुने र परलोक धन्य हुने विषयहरू शास्त्रमा उल्लेख भएको पाइन्छ । नेपालमा कतिपय स्थानमा माघे सङ्क्रान्तिलाई माघीपर्वका रूपमा मनाउने गर्दछन् । आफ्ना पितापुर्खाको नाममा दानदातव्य गरी भव्यताका साथ मनाउँछन् । ज्वाईंछोरी, चेलीबेटी र आफन्तको उपस्थितिमा मीठो मसिनो खाई रमाइलो गरी मनाउने गर्दछन् । थारु, मगर, किँरात, भोजपुरी, मैथिली लगायतका विभिन्न समुदायमा आदिम कालदेखि नै धुमधामका साथ माघे सङ्क्रान्ति मनाउने परम्परा रहिआएको देखिन्छ । माघे सङ्क्रान्तिलाई तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । मकर सङ्क्रान्ति तथा माघभरि विभिन्न खोला, नदी आदि जलाशय र पवित्र तीर्थस्थलमा स्नान गर्न तीर्थालुको भीड लाग्ने गदर्छ । सप्त गण्डकी, सप्तकौशिकीका सङ्गम स्थल, पवित्र घाटमा माघस्नान तथा दर्शन पूजन गर्ने गरिन्छ । यस दिन स्नान गर्नाले सम्पूर्ण पापबाट मोक्ष हुने धार्मिक विश्वास रही आएको छ । सबै जातजाति र समुदायलाई अपनत्व प्रदान गर्ने मकर सङ्क्रान्ति मौलिक पर्वका रूपमा स्थापित भएको छ ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्च…