SamwadKhabar logo

समाचार

यातायातका उपसचिवविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा

संवाद खबर

वैशाख १९, काठमाडौँ । यातायात व्यवस्था कार्यालय, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको जानकारी गराउनुभएको हो। सवारी चालक अनुमतिपत्र बागमती सुकेधारा कार्यालयका भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा प्राप्त गरेको कुल आय एक करोड ९२ लाख एक हजार ९२२ रुपियाँ देखिएको तर व्यय तीन करोड सात लाख ३१ हजार ११६ रुपियाँ रहेको विज्ञप्तिमा उल्लेख छ। आयबाट व्यय घटाउँदा हुन आउने एक करोड १५ लाख २९ हजार १९३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको आयोगको दाबी छ। भट्टराईमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अयोगले जनाएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि