SamwadKhabar logo

समाचार

दार्चुलाको हिम पहिरोमा हराएका पाँच जनाको परिचय खुल्यो

संवाद खबर

वैशाख २०, धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलवार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ । दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले हिम पहिरोमा परेका पाँच जनाको परिचय खुलेको बताउनुभयो । उहाँले तर हराएकाहरूको अवस्था भने अझै अज्ञात रहेको बताउनुभयो । परिचय खुल्नेमा दार्चुलाको दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् । प्रनाउ पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ । घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली मङ्गलवार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधवार बिहान पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रनाउ पाण्डेले बताउनुभयो । दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सहितको सात जनाको समूह भने मङ्गलवार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि