SamwadKhabar logo

समाचार

बलात्कार आरोपी पक्राउ गर्दा कालिकोटमा प्रहरीमाथि आक्रमण

संवाद खबर

संवाद खबर

बलात्कार आरोपी पक्राउ गर्दा कालिकोटमा प्रहरीमाथि आक्रमण
वैशाख २५, सुर्खेत । जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ । जबर्जस्ती करणीका आरोपी कालीकोट जिल्ला स्थित पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठका अनुसार सोमबार विहान साढे ६ बजे बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको एसएसपी श्रेष्ठले जानकारी दिए । ‘दुबैजना सामान्य घाइते छन्, उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ’ श्रेष्ठले भने । बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका आरोप छ । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि प्रहरीले सोमबार विहान ४ बजे उनलाई पक्राउ गर्न चार जना प्रहरी टोली खटाएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि