SamwadKhabar logo

समाचार

नरिवलको तेलको प्रयोगले हुन्छ यस्तो फाइदा

संवाद खबर

संवाद खबर

नरिवलको तेलको प्रयोगले हुन्छ यस्तो फाइदा
जेठ ५, काठमाडौं । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ । नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न र क्षतिग्रस्त छालालाई मर्मत गर्न पनि मद्दत गर्दछ। नरिवलको तेललाई एक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइदै आएको छ । हजारौं वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो । यो तेलले शरीरका आन्तरिक भागहरुमा धेरै किसिमका लाभ दिने र धेरै बिमारीहरु बचाउने विज्ञरु बताउँछन् । नरिवलको तेलको प्रयाग र फाइदा १. प्राइमरको रुपमा प्रयोगः जब तपाईं बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिनेगरि लगाउनुहोस् । यसले फाउन्डेसनको बेसको रुपमा काम गर्ने गर्दछ र मोइस्चुराइजरको काम पनि गर्दछ । २. कपालको लागि संजिवनी बुटीस् नियमित रुपमा कपालमा नरिवलको तेलको प्रयोग गर्नाले यसले कपालको सुन्दरता बढाउन मद्दत गर्दछ । नरिवलको तेलले कपाललाई हानिकारक किरणहरुबाट बचाउँछ र यसलाई नरम र सिल्कि बनाउने काम गर्दछ । कपाललाई धुलो र प्रदुषणबाट बचाउँछ । यसले तपाईंको कपाललाई प्रोटिन दिने गर्दछ र यसलाई बलियो, चम्किलो र स्वस्थ बनाउन मद्दत गर्दछ । कपालको हाँगा फाटेकोमा पनि यसले चामत्कारिक रुपमा असर गर्दछ । ३. तपाईंको छालाको लागिः यदि तपाईं आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रुपमा लगाउनुहोस् । यसले तपाईंको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदुषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चुराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् । ४. मेकअप रिमुभरको रुपमा प्रयोग गर्न सकिनेः नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रुपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ । ५. प्रजनन क्षमता बढ्छः लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ । किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ । ६. उर्जा बढाउँछः नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ । ७. पेटका मांसपेशी र मासिक धर्ममा आरामः नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ । ८.आँखाका लागि लाभकारीः नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि