SamwadKhabar logo

समाचार

सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

संवाद खबर

जेठ १७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई निःशुल्क शय्या छुट्ट्याउन निर्देश दिएको छ । मन्त्रालयले बुधवार ताकेता परिपत्र जारी गर्दै संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न निदेर्शन दिएको हो । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७ (घ) अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे, बिरामीको लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न निर्देशनमा भनिएको छ । त्यस्तै सोही मापदण्डको ७२ (ट) विपरीत बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाए सचेत गराएको छ । मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाहरूमा अकस्मिक अनुगमनका क्रममा तोकिएका मापदण्ड पुरा नगरेको देखिएको र यसअघि गरिएको परिपत्रको समेत बेवास्ता गरेको पाइएकाले बुधवारको सचिव स्तरको निर्णयले मापदण्ड पूर्ण पालना गर्न भनेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार बिहान मात्रै स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटर स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन ध्यानाकर्षण गराएका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि