SamwadKhabar logo

समाचार

बालबालिकालाई तातो हावा ÷ लूबाट कसरी जोगाउने ?

संवाद खबर

संवाद खबर

बालबालिकालाई  तातो हावा ÷ लूबाट कसरी जोगाउने ?
जेठ १९, काठमाडौं । केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ । यी हुन् लू लाग्दाका असर, जोगिन के गर्ने ? बालबालिकालाई तातो हावा÷ लूबाट जोगाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न सुझाव प्रस्तुत गरेको छ । बालबालिकालाई तातो हावा÷ लूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्छ । कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ । यस्तै, हल्का रङको सुतीको कपडा लगाइदिनुपर्छ । टाउको ढाकेर राखिरहन अह्रराउनुपर्छ । त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्न लगाउनुपर्छ । त्रु खाना (जंक फुड) को प्रयोग गर्नु हुँदैन । गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने गर्नुपर्छ । दिउँसो १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन दिनु हुँदैन । गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न लगाउनुपर्छ । यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ । यी हुन् गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्या र अपनाउनुपर्ने सतर्कता

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि