SamwadKhabar logo

               

विश्व

भारतमा भीषण रेल दुर्घटनाः घाइतेको उपचारमा संघ स्वयंसेवकले गरे रक्तदान

संवाद खबर

संवाद खबर

भारतमा भीषण रेल दुर्घटनाः   घाइतेको उपचारमा संघ स्वयंसेवकले गरे रक्तदान
जेठ २१, काठमाडौं । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५ सय युनिट रक्तदान गरेका छन् । दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको बहानागा रेलवे स्टेशन नजिकै भएको भीषण रेल दुर्घटनापछि घटनास्थलमा सधैं झैं संघका स्वयंसेवकहरू उद्धारका लागि सबैभन्दा पहिला पुगेका थिए । एनडीआरएफ र प्रशासनको टोली घटनास्थलमा पुग्नु अघि नै केही स्वयंसेवकहरू साढे सात बजेसम्ममा पुगिसकेका थिए । दुर्घटना भएको ठाउँ नजिकैको बाहनागा गाउँमा संघको शाखा भएको कारण सुरुमा स्वयंसेवकहरू पुगेका थिए । पछि २५० भन्दा धेरै स्वयंसेवकले दुर्घटनास्थलमा प्रशासन र राहत कार्यमा लागेका सुरक्षाकर्मीहरूलाई सहयोग गरेका थिए । राहत र उद्धारमा ढिलाइ हुन नदिन स्वयंसेवकहरूले अटो र मोटरसाइकलमा राखेर घाइतेहरूलाई अस्पताल लैजान थालेका थिए । उद्धारकार्यमा खटिएका स्वयंसेवक रमेश लगायतका स्वयंसेवकले प्रतिकूल परिस्थितिमा रेलको डिब्बाभित्र गएर रातभर घाइतेहरूलाई बाहिर निकालीरहेका थिए र अन्य स्वयंसेवकहरूले उनीहरूलाई अस्पताल लैजाँदै थिए । संघका स्वयंसेवकहरू अलपत्र परेका घाइते यात्रुलाई उद्धार गर्ने र एम्बुलेन्समा बसाउने काममा लागेका थिए । घायल यात्रिलाई अस्पताल लैजान शुरु भए पछि बालेश्वर जिल्ला अस्पतालमा संघ पदाधिकारीको उपस्थित रहेको थियो । पदाधिकारीले सेवा कार्यको निगरानी गरेका थिए । संघ पदाधिकारिको देखरेखमा करिब ५ सय स्वयंसेवकले रक्तदान गरेका थिए । केही घाइते यात्रुलाई भद्रक जिल्ला सदरमुकाम अस्पताल र सोरो मेडिकलमा लगिएको थियो । त्यहाँ संघका स्वयंसेवकहरूले सेवाकार्यको जिम्मेवारी लिंदैं रक्तदान पनि गरेका थिए । घटनास्थलदेखि अस्पतालसम्म राहत र उद्धारमा जुटेका स्वयंसेवकहरूले शव निकालेर एम्बुलेन्समा राख्ने, घाइतेहरूलाई अस्पताल भर्ना गर्ने, रगतको व्यवस्था गर्ने तथा खाना–पानीको व्यवस्था गरेका थिए । स्वयंसेवकले घाइतेका आफन्तलाई मोबाइलबाट कुरा पनि गराएका थिए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…