SamwadKhabar logo

समाचार

ई–सिगरेट र हुक्का सेवनबाट हुनसक्छ यस्तो गम्भीर असर

संवाद खबर

संवाद खबर

ई–सिगरेट र हुक्का सेवनबाट हुनसक्छ यस्तो गम्भीर असर
जेठ २२, काठमाडौं । धेरै मानिसले ई–सिगरेट र हुक्का सेवन गर्ने गर्छन् । तर, सबै मानिसलाई यसले पुर्‍याउने असरबारे थाहा नहुन सक्छ । ई–सिगरेट र हुक्का पनि सुर्तीजन्य पदार्थ नै हो । यसको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ई–सिगरेट के हो ? मन्त्रालयका अनुसार ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेट ब्याट्रीबाट चल्ने एकप्रकारको धूमपान गर्ने उपकरण हो । प्रायजसो ई–सिगरेटमा निकोटिन हुन्छ । ई–सिगरेट सेवन गर्ने क्रममा यसभित्र राखिएको तरल पदार्थ तातिन्छ र धुवाँका रूपमा बाफ ९ऐरोसोल० निस्कन्छ । यसैलाई धूमपान सेवनकर्ताले सेवन गर्ने गर्छन् । यस्ता ई–सिगरेटमा निकोटिन, विशेष किसिमका सुगन्ध, अरू मिसावट र हानिकारक रसायनहरू हुन्छन्, जसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ । ई–सिगरेटहरू चुरोट, पेन, यूएसबी स्टिकजस्ता विभिन्न किसिमका आकार र डिजाइनमा पाइन्छ । हुक्का के हो ? हुक्का पनि एकप्रकारको धूमपान गर्ने औजार हो, जसमा पानीको पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइलाले तातो बनाई धुवाँ निकालेर सेवन गर्ने गरिन्छ । हुक्कामा सुर्तीको पातहरूको धुलो प्रयोग गरिन्छ । यो विभिन्न स्वाद वा सुगन्ध जस्तै, स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजा आदिमा पाइन्छ । जस्तोसुकै स्वादमा पाइए तापनि यो एकप्रकारको सुर्तीजन्य पदार्थ नै हो । कतैकतै हुक्कालाई सिसा पनि भनिन्छ । असर ई–सिगरेटको सेवन गर्दा निस्कने धुवाँमा विभिन्न किसिमका विषाक्त पदार्थहरू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यसको सेवनले सेवन गर्ने व्यक्तिको स्वास्थ्यलगायत सेवन नगर्ने तर नजिकै बसेका अरू व्यक्तिहरूलाई समेत असर पुर्‍याउँछ । यसमा हुने निकोटिन भनिने रासायनिक तत्त्वले बालबालिका तथा किशोरकिशोरीको दिमागको विकासमा असर गर्छ । त्यसले भविष्यमा उनीहरूको पढाइमा समेत ध्यान केन्द्रित हुँदैन । यस्तै, उनीहरूमा चिन्ता बढ्ने, डर लाग्नेलगायत समस्या देखिन सक्छ । साथै, निकोटिनले गर्दा यस्ता सुर्तीजन्य पदार्थको लत बस्न सक्छ । हुक्काको प्रयोग हानिकारक हुक्का सुर्तीजन्य पदार्थबाट बन्ने भएकाले यसको प्रयोग पनि हानिकारक हुन्छ । हुक्काको सेवन गर्दा कोइला वा चारकोलबाट निस्कने धुवाँमा हानिकारक तत्त्वहरू जस्तै, क्यान्सर गराउने तत्त्व, धातु र कार्बोनमोनोअक्साइड हुन्छन् । त्यसले मुटु र फोक्सोसम्बन्धी रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर आदि निम्त्याउन सक्छ । हुक्काबाट निस्कने सुर्तीको तरल पदार्थले मुखको क्यान्सर समेत गराउन सक्छ । हुक्काको सेवन गर्दा सेवन गर्ने व्यक्तिको स्वास्थ्यलगायत सेवन नगर्ने तर नजिकै बस्ने अरू व्यक्तिहरूलाई समेत असर गर्छ । सुर्तीमा पाइने निकोटिनजस्ता रासायनिक तत्त्व हुक्कामा पनि पाइन्छ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या हुने जोखिम धूमपान नगर्ने आमाको तुलनामा बढी हुने मन्त्रालयले जनाएको छ । ई–सिगरेट र हुक्काले पनि अरू सुर्तीजन्य पदार्थहरू जस्तै, चुरोट, बिँडी, सिगारजत्तिकै स्वास्थ्यमा असर गर्ने भएकाले यसको सेवन नगर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि