SamwadKhabar logo

समाचार

छोरा वा छोरी जन्मिनुमा जिम्मेवार तत्त्व

संवाद खबर

संवाद खबर

छोरा वा छोरी जन्मिनुमा जिम्मेवार तत्त्व
काठमाडौं । महिला र पुरुषबीचको संसर्गपछि गर्भको विकास हुने प्रक्रिया सुरु हुन्छ । तर, संसर्ग हुँदैमा गर्भ रहँदैन । महिलाको डिम्बाशयबाट हरेक महिना निस्कने डिम्ब र पुरुषको अन्डकोषबाट निस्कने शुक्रकीटको मिलन भएपछि मात्र गर्भ रहन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार महिला–पुरुषबीच सहवासका क्रममा निस्कने शुक्रकीट र डिम्बको मिलन डिम्बबाहिनी नलीमा हुन्छ । त्यसपछि मात्र महिलाको पाठेघरभित्र बच्चा बढ्दै जान्छ । अनि, नौ महिना पुगेपछि जन्मिन्छ । केन्द्रका अनुसार पुरुषको शुक्रकीटमा छोरा वा छोरी गराउने दुई फरक किसिमका तत्त्व (xy) पाइन्छ । महिलाको डिम्बमा एकै किसिमका (xx) तत्त्व हुन्छ । सोही कारण पुरुषको शुक्रकीटले छोरा वा छोरी जन्माउन निर्णायक भूमिका खेल्छ । पुरुषबाट निस्केको xy मध्ये y महिलाको xx मध्ये कुनै एकमा गएर मिलेमा xy हुन्छ र जन्मने बच्चा छोरा हुन्छ । यदि, पुरुषको xy मध्ये x ले महिलाको xx मध्ये कुनै एकमा मिलेको खण्डमा xx हुन्छ र जन्मने बच्चा छोरी हुन्छ । किशोरावस्थामा पुरुषको अन्डकोषमा शुक्रकीटहरू बन्न थाल्छन् । महिलाको महिनावारी सुरु भएदेखि बन्द नभएसम्म (साधारणतया १५–४९ वर्षसम्म) डिम्बाशयबाट हरेक महिना एउटा डिम्ब निस्कन्छ । डिम्ब निस्केको समयमा सम्भोग भएमा शुक्रकीट र डिम्बको मिलन भई गर्भधारण हुने केन्द्रले जनाएको छ । यदि, कुनै उपायले पुरुषको शुक्रकीट महिलाको पाठेघरमा गएर डिम्बसँग मिल्नबाट रोकेमा गर्भ रहँदैन । गर्भनिरोधक साधनहरूले यसैगरी गर्भ रहन दिँदैनन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि