SamwadKhabar logo

               

खेलकूद

नेपालको अमेरिकामाथि सानदार जित

संवाद खबर

संवाद खबर

नेपालको अमेरिकामाथि सानदार जित
असार ५, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकामाथि सानदार जित निकाले छ । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २०८ रनको लक्ष्य ४३ ओभारमा चार विकेट गुमाउँदै नेपालले भेट्टायो । नेपाललाई जित दिलाउन भिम सार्कीले सार्वधिक ७७ रन बनाए । उनले ११४ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै उक्त योगफल बनाएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । नेपालको जितमा भीमसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ३२ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन जोडे । ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन थपे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे । अमेरिकाका सौरभ नेत्रावाल्कर, नोस्थुस केन्जिगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए । त्यसअघि करणको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेटेको थियो । अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए । करणसँगै नेपालका लागि गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जित हो । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिकाको भने प्रतियोगिता पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…