SamwadKhabar logo

               

शिक्षा

परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र सोध्न विद्यार्थी परिषद्को माग

संवाद खबर

संवाद खबर

परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र सोध्न विद्यार्थी परिषद्को माग
असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न माग गरेको छ । विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हो । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल, परीक्षा नियन्त्रक सह प्रा.डा.पुष्पराज जोशी, विश्वविद्यालय क्याम्पस प्रमुख प्रा.डा.ध्यानेन्द्र बहादुर राईज्यूलाई छुट्टाछुट्टै भेटगरी बुझाएको हो । परिषद्ले शैक्षिक क्यालेन्डर लागू गरि परिक्षा र नतिजा प्रकाशनको समय अवधि ठिक गर्न माग गरेको छ । साथै दलीय भागबन्डाको अन्त्य, कर्मचारी अभावको कारण दैनिक प्रशासनिक कायमा हुने ढिलासुस्ती ढिक गर्ने, देशभरका विद्यार्थीहरूले ट्रान्सकिप्ट लिन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने, विद्यार्थीको स्वास्थ्य विमाको लागि स्वास्थ्य विमा कार्ड लागू गर्ने, स्नातक , स्नातकोत्तर तहको परिक्षामा नेपाली भाषामा र अङ्ग्रेजी भाषामा प्रश्न पत्र सोध्नु पर्ने जस्ता मागपत्रहरू त्रिवि पदाधिकारीहरू, परीक्षा नियन्त्रण कार्यालय र त्रिवि केन्द्रीय क्याम्पसमा परिषद् राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीको उपस्थितिमा उक्त मागपत्र बुझाएको परिषद् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…