SamwadKhabar logo

समाचार

सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

संवाद खबर

संवाद खबर

सरकार एनआरएनहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
असार १४, काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ । खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड जोड दिनुभयो । उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैर आवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री खड्काले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरे अनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारी समेत दिनुभयो । सरकार र सिङ्गो संसद् एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रस्ट पार्नुभयो । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो । उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उहाँ आग्रह समेत गर्नुभयो । सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार ३० जून, २०२३० सम्पन्न हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि