SamwadKhabar logo

               

खेलकूद

१९औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

संवाद खबर

संवाद खबर

१९औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी
असार १४, काठमाडौँ । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड सुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर चीनमा महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो । हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तीव्र बनाइरहेका छन् । यस पटक नेपालको तर्पmबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तीव्रता दिइएको बताउनुभयो । भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजनामा रहेको पनि उहाँको भनाइ छ । भारोत्तोलनका लागि नेपाली खेलाडी विशेष प्रशिक्षण गरिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षणअन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औं एशियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एशियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् । १६औं एसियाडमा कास्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताउनुभयो । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उहाँको भनाइ छ । हाल नेपाली बक्सिङ प्रशिक्षण टोलीका सदस्यसमेत रहेका महर्जनले पदक सम्भावनाका हिसाबले सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको बताउनुभयो । तथापि, आवश्यक डाइटमा भने पर्याप्त सहयोग नभएको प्रशिक्षक महर्जनको गुनासो छ । गोङझाउ एसियाडमा आफूले राम्रो वैदेशिक प्रशिक्षण पाएकाले पदक जित्न सफल भएको उहाँ बताउनु हुन्छ । यस पटक पनि राम्रो वैदेशिक प्रशिक्षण पाएमा सरकारको योजनाअनुरुप नेपाली बक्सिङ टोलीले पदक दिनसक्ने प्रशिक्षक महर्जनको विश्वास छ । सुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिस्पर्धा गर्ने तय थियो । यद्यपि, राखेपको ११६औं बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिस्पर्धा गराउने निर्णय गरेको थियो । हालसम्म २९ खेलमध्ये २८ खेलको अन्तिम छनोट भइसकेको छ । यीमध्ये पुरुष क्रिकेट र इ इस्पोर्ट्स को अन्तिम छनोट भइसकेको छैन । पुरुष क्रिकेट हाल जिम्बाबेमा विश्वकप छनोट खेलिरहेको छ । अर्को इ स्पोर्ट्स एसियाडमा छनोट हुनकै लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिरहेको छ । अधिकांश खेलले विशेष प्रशिक्षण थालेका छन् । गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई राखेपले दैनिक नौ सय र उपत्यकाबाहिरका खेलाडीलाई १६ सयका दरले भत्तासमेत प्रदान गर्दै आइरहेको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको तयारीबारे हरेक दिनजसो अनुगमन र निरीक्षण गर्दै आइरहनुभएको छ । यस क्रममा उहाँले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्यालगायत विषयमा जानकारी लिँदै आइरहनुभएको पनि छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…