SamwadKhabar logo

               

खेलकूद

एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई , मलेसिया २२१ रनको अन्तरले पराजित

संवाद खबर

संवाद खबर

एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई ,  मलेसिया २२१ रनको अन्तरले पराजित
असार १९, काठमाडौं । बलिङमा अभिषेक तिवारी र ब्याटिङमा नरेन चम्किएपछि फाइनलमा घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४।५ ओभरमा ३१ रनमै समेटियो । मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका सन्तोषले दुई मेडन राख्दै नौ रन खर्चिए । सागर गैरे र अशोक धामीले समान एक विकेट लिए । नेपाली बलरसामु निरीह देखिएको मलेसियाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । मुहम्मद अक्रमले १० रन जोडे । उनीबाहेक नेपालविरुद्ध मलेसियाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका पाँच ब्याटर ‘डक’ भएका थिए । त्यसमध्ये ओपनर मुहम्मद अस्याकल ‘गोल्डेन डक’ भएका थिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले नरेनको शतकमा निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रन बनाएको थियो । नरेनले ८९ बलमा १० चौका र दुई छक्कासहित अविजित ११२ रनको योगदान गरे । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यकुमार कोइरालाले १८ र अशोक धामीले ११ रन जोडे । नेपालले २६ रन अतिरिक्त पाएको थियो । नेपाल ११२–४ को अवस्थामा हुँदा सन्तोष र नारेनले १०४ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोहोर्‍याएका थिए । मलेसियाका मुहम्मद अक्रमले तीन विकेट लिए । हाजिक हाइकल, अरियन अकिल र मुहम्मद फतहुल मुइनले समान एक विकेट लिए । नेपालले सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । त्यसअघि, समूह ‘ए’को विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…