SamwadKhabar logo

समाचार

सूचनाको हकका लागि समुदाय जागरण अभियान चलाइने

संवाद खबर

संवाद खबर

सूचनाको हकका लागि समुदाय जागरण अभियान चलाइने
असार २८, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघले आम नागरिकले पाउनुपर्ने सूचना हकलाई सरलीकृत एवम् प्रत्यभूति गराउन समुदाय जागरण अभियानको सुरू गरिने भएको छ । महासंघ काठमाडौँ शाखाले आगामी शनिवार असार ३० गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. ६ लाई केन्द्रमा राखेर पदयात्रा समेत गर्ने भएको छ । विहान ७ बजे जोरपाटीचोकबाट सुरू भई बौद्ध परिसरमा पुगेर कोणसभामा परिणत हुने जनाएको छ । सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने नारासहित विश्व सम्पदा सूचिकृत बौद्ध स्तूपबाट सुशासन र जवाफदेहिताका लागि सकारात्मक शन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ गरिने   काठमाडौँ शाखा कार्यसमितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक भीम लामाले जानकारी दिए । अभियानमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरूको समेत उपस्थिति रहने जनाएको छ । समुदाय जागरण अभियान सूचनाको हकका लागि राष्टिय महासंघले सर्वसाधारण नागरिकलाई सुसूचीत गर्न संचालन गरेको अभियान हो ।  अभियान प्रत्येक शनिवार आयोजना गरिने बताएको छ । अभियानको सुरुवात यसै शनिवार काठमाडौंको जोरपाटी चोकमा भेला भएर शुभारम्भ गरिने भएकाले युवा, विद्यार्थी, सामाजिक अभियानकर्मीहरुलाई सहभागीताको लागि आह्वान गरेको छ । बाटोमा भेटिएको पैदल यात्री र घर धनीहरुलाई सूचना किन माग्ने भनेर लेखिएको स–साना पर्चा वितरण गरिने छ भने यात्रामा सरिक यात्रीहरुले भ्रष्टाचार बिरोधी र सूचना माग सम्बन्धी नारा लेखिएको सूचना तथा सन्देशमूलक प्लेकार्ड तथा ब्यानार प्रयोग गरिने संयोजक लामाले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि