SamwadKhabar logo

समाचार

जबर्जस्ती म्यानमार पुर्‍याइ अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

संवाद खबर

संवाद खबर

जबर्जस्ती म्यानमार पुर्‍याइ अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
असार २८, काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ । चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो । लियाङले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकामा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ । ण्लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिजनेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनीलगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनी नेपाली नागरिकलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घन्टासम्म अनलाइनको काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । त्यस्तै अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकलाई ‘फेक आइडी’ मार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटक्वाइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्याण्ड भनी म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीउपर जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि