SamwadKhabar logo

समाचार

एलओडीबाट लगेर बालिका बलात्कारः सुदनबहादुर कोइराला जेल चलान

संवाद खबर

असार २९, काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर गरिएको नाबालिग बलात्कार प्रकरणका अभियुक्त जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पुर्पक्षका लागि थुनामा गएका हुन् । एलओडीमा मदिराले मातेकी एकजना किशोरीलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको अभियोग कोइरालालाई लागेको थियो ।कोइरालाले गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरीलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । त्यस्तै, ती नाबालिगलाई एलओडीका प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल हाजिरी जमानीमा छुटेका छन् ।उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सीताराम रिजालले दुवैजनालाई हाजिरी जमानीमा छाडिएको बताए । उक्त क्लबबाट १५ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका थिए । जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप थियो । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिईन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि